प्रहरीलाई कृषि विकास बैंकको सहयोग

आदर्श समाज सम्वाददाता
असार २५, २०७८
bank news krishis

पोखरा । कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालय पोखराले वडा प्रहरी कार्यालय बैदामलाई विपद् व्यवस्थापन उद्धार सामग्री सहयोग गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो सहयोग गरिएको हो ।
बैंक सञ्चालक समिति सदस्य हरिप्रसाद पराजुलीले बैंकले वडा प्रहरी कार्यालय बैदामलाई विपद् व्यवस्थापनमा आवश्यक उद्धार सामग्री सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले आगामी दिनमा नेपाल प्रहरी र कृषि विकास बैंकबीच सहकार्य गरेर अगाडि बढ्नुपर्ने भन्दै वडा प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङको कार्यकाल अत्यन्तै सफल रहोस् भन्दै शुभकामना दिए ।
बैंकका गण्डकी प्रदेश कार्यालयका निर्देशक रघुनाथ न्यौपानेले विगतको कठिन समयमा कृषि विकास बैंक र नेपाल प्रहरीबीचको सम्बन्धबारे स्मरण गर्दै सहयोग सामग्री भरपूर उपयोग गर्दै जनताको जीउधन सुरक्षामा अहोरात्र खटिने प्रहरी कर्मचारीको प्रशंसा गरे । वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक तामाङले छोटो सूचनाको आधारमा कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालय पोखराले प्रहरी कर्मचारीहरुलाई अति आवश्यक प्राकृतिक प्रकोप उद्धार सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिइन् ।
कार्यक्रममा बैंकका मुख्य शाखा प्रबन्धक माधव रिजाल, वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक श्यामबहादुर थापा, लालबहादुर थापा, बैंकको गण्डकी प्रदेश कार्यालय पोखराका वरिष्ठ शाखा प्रमुख महेश पौडेललगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width