दूरी नाप्छिन् दुवाना

आदर्श समाज सम्वाददाता
असार १०, २०७८
duwana lama~

पोखरा, १० असार । उमेरले साढे ५ वर्षमात्र टेकेकी दुवानालाई उनका बावु मुखिया लामाले एक दिन स्वीमिङ पुल लगे । बालुवाटारस्थित जोन डीई स्कुलबाट लाजिम्पाट नजिकै थियो । त्यहाँको शंकर होटलको स्वीमिङ पुल छिरेकी सानी छोरी दुवाना पौडीमा रमाइन् ।

एकपछि अर्को गर्दै कहिले शंकर, कहिले अन्नपूर्ण, कहिले गोदाबरीको स्वीमिङमा भेटिन थालिन् । दुवानाको पौडी कला देखेपछि शुभ श्रेष्ठले मुखियालाई सुझाव दिए, ‘छोरीलाई राम्रोसँग पौडी सिकाउनुपर्छ । भविष्यमा नाम राख्न सक्छिन् ।’ हुन पनि १३ औं सागहोस् वा आठौं राष्ट्रिय खेलकुदसहित विभिन्न प्रतियोगितामा पदक हासिल गरेर सानै उमेरमा नाम चम्काएकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पाँचौं संस्करणको स्पोर्टस् अवार्डमा उनी सबैभन्दा कान्छो उमेरकी खेलाडी हुन्

मनाङको निसाङ गाउँपालिका ८ घर भइ हाल काठमाडौं निवासी मुखिया र मेरी लामाको एकमात्र सन्तान हुन्, दुवाना लामा । उनको जन्म २०६३ असार ३० मा भएको हो । उनै १४ वर्षीया दुवाना पाँचौ पोखरा स्पोर्टस् अवार्ड– २०७६/७७ को उदीयमान खेलाडीको मनोनयनमा परेकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पाँचौं संस्करणको स्पोर्टस् अवार्डमा उनी सबैभन्दा कान्छो उमेरकी खेलाडी हुन्।

उनले १३ औं सागमा टिम रिलेमा ३ कास्य र एकलतर्फ २ रजत पदक जितेकी थिइन् । एकलतर्फ उनले २०० मिटरको ब्रेस्टस्ट्रोक र बटरफ्लाईमा रजत जितेकी हुन्। ६ वर्षको हुँदा नै काठमाडौंमा एलए कपमा योङ्गेस्ट प्लेयर उपाधि जितेकी उनी निरन्तर पौडेरै दूरी घटाउनेतर्फ केन्द्रित बनिन् । फलस्वरुप नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा ६ स्वर्ण र ४ रजत जित्न सफल भइन् । त्यसबेला २०० मि. बटरफ्लाई क्याटागोरीमा नेशनल रेकर्डसमेत तोड्न सफल उनको नाममा विभिन्न प्रतियोगितामा ५० मि.ब्रेस्टस्ट्रोक, २०० मि. ब्रेस्टस्ट्रोक र २०० मि.को नेशनल रेकर्ड रहेको बावु मुखियाको दाबी छ । साथै सन् २०१९ मा बैंलोरमा भएको एशियन एजग्रुप लङ कोर्स च्याम्पियनसीपमा ५०, १०० र २०० मिटर ब्रेस्टस्ट्रोकमा राष्ट्रिय रेकर्ड कायम गरेकी उनै दुवाना थप प्रशिक्षणका लागि २ वर्षदेखि थाइल्याण्ड छिन् । कक्षा ९ मा पढ्दै उनले पौडीकला अगाडि बढाएकी हुन्।

उदीयमान खेलाडी विधामा दुवानासहित यसपालि लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपीन खत्री पनि मनोनयनमा छन् । तीमध्ये उत्कृष्ट एक जनाले असार १८ मा हुने स्पोर्टस् अवार्डमा ३५ हजारसहित अवार्ड जित्ने छन्।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width