पोखरा । असल छिमेकी नेपाल, पोखराले कोरोना महामारीको बेला जारी निषेधाज्ञाले समस्यामा परेका व्यक्तिलाई खाद्यान्न सहयोग गरेको छ । संस्था कास्की सहित गण्डकी प्रदेशका विभिन्न जिल्लाका विपन्न तथा अपांगता भएका घरपरिवारलाई सो सहयोग गरेको हो ।
पोखरामा छाक टार्न समस्यामा परेका २ सय ५२ जना विपन्न तथा अपांगता भएका घरपरिवारलाई स्थानीय वडाको समन्वय तथा सिफारीस अनुसार खाद्यान्न साम्रगी वितरण गरिएको छ । जसमा प्रतिपरिवार २५ केजी चामल, ३ केजी रातो दाल, २ लिटर तेल, २ पिस लुगा धुने साबुन, ५ केजी पिठो, २ पिस हात धुने साबुन, १ केजी चिनी, १ प्याकेट चिया पति, १ केजी क्वाटी र १ केजी चिउरा वितरण गरिएको हो ।
संस्थाले पोखरा महानगरपालिका स्वास्थ्य महाशाखालाई कोरोना भाइरस महामारी व्यवस्थापनमा जुध्न स्वास्थ्य सामग्री पनि सहयोग गरिएको छ । जसअन्तर्गत सर्जिकल ५० डब्बा मास्क र ५ डब्बा पन्जा, २५ लिटर सेनिटाइजर, ८ पिपिइ सेट, २० पिस फेस सिल्ड, ३ पिस पल्स अक्सिमिटर, २ पिस बिपी सेट, ५ पिस डिजिटल थर्माेमिटर, हातधुने साबुन तथा लिक्विड हेन्डवास र अति आवश्यक औषधी छन् ।
संस्थाले कास्की, गोरखा, नवलपुर लगायत जिल्लामा राहत सहयोग गरेको छ
यस्तै, गोरखाको सिरानचोक गाउँपालिका, भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिका गरी ४ गाउँपालिकालाई आइसोलेसन सेन्टर व्यवस्थापनमा सहयोग पु¥याउन स्वास्थ्य सामग्री सहयोग गरिएको छ । जसअन्तर्गत प्रत्येक गाउँपालिकालाई सर्जिकल ५० डब्बा मास्क र ५ डब्बा पन्जा, २५ लिटर सेनिटाइजर, ८ पिपिई सेट, २० पिस फेस सिल्ड, ३ पिस पल्स अक्सिमिटर, २ पिस बिपी सेट, ५ पिस डिजिटल थर्माेमिटर, हातधुने साबुन र अन्य अति आवश्यक औषधी जस्तै पारासिटामोल, भिटामिन सी तथा जिङ ट्याबलेटहरु छन् ।
यस्तै, गण्डकी गाउँपालिकालाई ५ ओटा पल्स अक्सिमिटर र ५ बिपी सेट थप रुपमा प्रदान गरिएको छ ।
उता, नवलपुर जिल्लामा २ सय जना विपन्न तथा अपांगता भएका व्यक्तिलाई खाद्यान्न राहत साम्रगी वितरण गरेको छ । साथै कावासोती नगरपालिका र मध्यबिन्दु नगरपालिकामा र नवलपरासी पश्चिम क्षेत्रमा पालहिनन्दन गाउँपालिका र सरावल गाउँपालिका गरी ४ गाउँपालिकाहरुलाई आइसोलेसन सेन्टर व्यवस्थापनमा सहयोग पु¥याउन स्वास्थ्य सामग्री सहयोग गरिएको छ । उनीहरुलाई सर्जिकल मास्क २ सय ५० डब्बा, ३० डब्बा पन्जा, १ सय २५ लिटर सेनिटाइजर, ४० पिपिई सेट, १ सय पिस फेस सिल्ड, १० पिस पल्स अक्सिमिटर, १० पिस बिपी सेट, २८ पिस डिजिटल थर्माेमिटर, ५० बोटल हेन्ड वास, २ ओटा अक्सिजन कनसेन्टे«टर, ४ पिस नेबुलाइजर, ६ हजार थान पारासिटामोल ट्याबलेट, २ हजार भिटामिन सि ट्याबलेट, ५ हजार जिङ ट्याबलेट लगायत औषधी दिइएको छ । संस्थाले राहत वितरण कार्य जारी रहेको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१