सुआहाराले दियो प्रदेश सरकारसहित ६ जिल्लामा स्वास्थ्य सामग्री

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७८
sdr

sdr

पोखरा । कोरोना भाइरस रोगको रोकथामका लागि सुआहारा परियोजनाले विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । युएसएआइडीको आर्थिक सहयोग, हेलेन केलर इन्टरनेसनलको व्यवस्थापन र नेपाल सरकारसँगको समन्वयमा सञ्चालित सुआहारा परियोजना मार्फत् स्वास्थ्य सम्बन्धी आधारभूत सुरक्षाका सामग्री प्रदान गरिएको परियोजनाका गण्डकी प्रदेश संयोजक याम जिसीले जानकारी दिए ।

परियोजनाले गण्डकी प्रदेशस्थित स्वास्थ्य सामग्री आपुर्ति केन्द्रका लागि सर्जिकल मास्क १० हजार थान, एन नाइन्टी फाइभ मास्क ३ सय थान, ५ सय एमएलका ५० बोटल स्यानिटाइजर रसय थान पिपिइ सेट लगायतका स्वास्थ्य सामग्री प्रदेश संयोजक जिसीले प्रदेश स्वास्थ्य सामग्री आपूर्ति केन्द्रका जनस्वास्थ्य प्रशासक नवराज पौडेललाई हस्तान्तरण गरे ।

यस्तै परियोजनाले कोरोना भाइरस रोग (कोभिड १९) को महामारीको बेलामा कार्यक्षेत्रको अग्रभागमा रहेर स्वास्थ्य र पोषणको क्षेत्रमा काम गर्दै आएका स्थानीय तहका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई लक्ष्य गरी प्रदेशका विभिन्न जिल्लामा स्वास्थ्य सामग्रीहरु वितरण गरिरहेको जनाएको छ ।

परियोजना लागु भएका ६ जिल्लाका लागि सर्जिकल मास्क १ लाख ८० हजार ८ सय ८४ थान, स्यानिटाइजर एक सय एमएलको ३ हजार ६ सय ५ बोटल, ५ सय एमएलको ३ सय ३४ बोटल, पिपिइ सेट २ सय ७० थान वितरण भइरहेको प्रदेश संयोजक जिसीले बताए ।

परियोजना लागुभएका गण्डकी प्रदेशका स्याङ्जा, बागलुङ, म्याग्दी, गोरखा, लमजुङ र नवलपुर का ५४ वटा स्थानीय तहमार्फत् स्वाथ्यकर्मीलाई उपलब्ध गराइदिने परियोजनाले जनाएको छ ।

परियोजनाको स्थानीय साझेदार संस्थाहरु दियालो गैससले स्याङ्जामा, गाजा डेभलपमेन्ट फाउन्डेसनले बागलुङमा, मिलन म्याग्दीले म्याग्दीमा, पद्धति विकास सेवा केन्द्रले गोरखामा, आरसिडिसी नेपालले लमजुङमा र बेस नेपालले नवलपुरमा सम्बन्धित स्थानीय तहहरुसँगको समन्वयमा स्वास्थ्य सामग्री वितरण गर्नेछन् ।

यसैबीच, एककिृत पोषणको क्षेत्रमा काम गरिरहेको सुआहारा परियोजनाले १६ वटा स्थानिय एफ एम स्टेसनहरुबाट कोभिड १९ सम्बन्धी सचेतनामूलक रेडियो सञ्चार अभियान सञ्चालन गरिरहेको जनाएको छ । परियोजनाका १ सय १६ जना फिल्ड कर्मचारीहरु मार्फत तोकिएको निर्देशिका अनुरुप परियोजना लागुभएका जिल्लाका घरधुरीहरुमा पोषण तथा कोभिड १९ सम्बन्धी सन्देशमूलक सन्देशसहित दैनिक टेलिफोन परामर्श गर्ने काम भइरहेको जिसीले बताए । जसका कारण शंका लागेका बिरामीलाई स्वास्थ्य केन्द्रसम्म पुर्‍याउन निकै सजिलो भएको स्वास्थ्यकर्मीको बुझाइ छ । परियोजनाले स्याङ्जा, म्याग्दी र गोरखा जिल्लास्थित स्वास्थ्य कार्यालयहरुमा कोभिडको सूचना व्यवस्थापनको लागि जनशक्ति समेत उपलव्ध गराएको छ ।

Related News

सम्बन्धित समाचार

  • मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । विवादका बीच विश्वासको मत प्राप्त गरेको भोलिपल्ट मुख्यमन्त्री खगराज अधिकारीले गण्डकीमा मन्त्री मण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री…
  • सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबबाट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार…
  • पोखरा चाइल्ड स्टार उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । पोखरा चाइल्ड स्टार सिजन–२ को उपाधि निलिषा गुरुङ र समीर कुमालले जितेका छन् । केटीतर्फ फस्ट रनरअप ईन्दु…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • बड्स एकेडेमीमा सदन विभाजन

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । पोखरा–६, बैदामस्थित बड्स एकेडेमीले सदन विभाजन गरेको छ । कार्यक्रममा कक्षा २ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीलाई रातो,…

hero news full width