मुख्यमन्त्री गुरुङद्वारा बुद्ध जयन्तीको शुभकामना   

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७८
Gandaki cm ps gurung (3)

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महामानव गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि देखाउनुभएको मार्गदर्शनलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताएका छन् ।  २५६५औँ बुद्ध जयन्तीका अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बुद्ध धर्मावलम्बी तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका हुन् ।

नेपालको राजनीतिमा देखिएको उथलपुथलका कारण जनअपेक्षा पूरा गर्न बाधाव्यवधान आइपरेको बताउँदै उनले यस अवसरमा बुद्धले व्यवहारमा प्रदर्शन गरेको त्याग र तपस्याको बाटो वर्तमान अवस्थामा झनै सान्दर्भिक हुने विश्वास व्यक्त गरेका छन् ।  नेपालको पवित्र भूमिमा जन्मेर विश्व मानवका लागि ठूलो योगदान दिनुभएका गौतम बुद्ध नेपालका मात्र नभई विश्वकै प्रेरणाका स्रोत भएको बताउँदै मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमा विश्वले मानव कल्याणको बाटो अनुसरण गर्न जुन प्रयत्न गरेको छ नेपालीका लागि वर्ग भएको उल्लेख गरेका छन् ।

विश्व नै कोभिड–१९ को महामारीले आक्रान्त भइरहेको वर्तमान अवस्थामा बुद्धले देखाउनु भएको मानव कल्याणको मार्ग झनै सान्दर्भिक भएकामा जोड दिँदै उनले मानव अस्तित्व नै संकटमा पार्ने गरी फैलिएको कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि आ–आफ्नो ठाउँबाट जुट्नु आजको आवश्यकता भएको सन्देशमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width