लोकदर्शन कोइरालालाई मातृशोक

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७८
lok darsan mother

पोखरा । सामाजिक अभियन्ता लोकदर्शन कोइरालालाई मातृशोक परेको छ ।

उनकी आमा बालकुमारी कोइरालाको ८५ वर्षको उमेरमा बुधबार राति आफ्नै निवास पोखरा–५, मालेपाटनमा निधन भएको हो । स्व. बालकुमारीको बिहीबार पोखराको रामघाटमा अन्त्येष्टि भयो ।

उनका श्रीमान् विष्णुचन्द्र कोइराला, लोकदर्शन सहित ४ छोरा र १ छोरी छन् । विष्णुचन्द्र पोखरा ५ का पूर्व वडाध्यक्ष हुन् ।

लोकदर्शन पोखरा महानगरपालिका वडा नम्बर ९ का सूचना अधिकारी एवं पोखरा उपत्यका बृहत सरसफाइ अभियानका अभियन्ता हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width