किसान गण्डकी चेम्बरको अध्यक्ष

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७८
Kishan

पोखरा । गण्डकी चेम्बर अफ कमर्स गण्डकीको अध्यक्षमा पोखराका युवा व्यवसायी किसान सुनार मनोनित भएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आगामी ३ वर्षे कार्यकालका लागि सुनारलाई अध्यक्षमा मनोनयन गरेका हुन् । पोखरा चेम्बर अफ कमर्स कास्कीका संस्थापक अध्यक्ष सुनारले चेम्बरको संस्थापक विकासमा योगदान पुर्‍याएका छन् ।

चेम्बरको विधान अनुसार उनलाई अध्यक्षमा मनोनित गरिएको हो । विभिन्न व्यावसायिक तथा सामाजिक संघ संस्थामा क्रियाशील सुनारको कार्यकालमा पोखरा चेम्बर अफ कमर्स कास्की देशकै उदाहरणीय जिल्ला शाखाको रुपमा स्थापित भएको छ । उनले सबै जिल्लाका उद्योगी व्यवसायीलाई समेटेर १९ सदस्यीय कार्य समिति बनाउने जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads