पोखरा । पोखरा उद्योग वाणिज्य संघले स्थानीय प्रशासनले तोकेको समयमा मात्र सामान बिक्री वितरण गर्न व्यवसायीसँग आग्रह गरेको छ ।
संघका तर्फबाट महासचिव सुरेन्द्रमान बिजुक्छेले बुधबार विज्ञप्ति जारी गरी स्थानीय प्रशासनले बिहान ५ देखि ९ बजेपछि पनि सहरमा खाद्यान्न साम्रग्रीको खुद्रा ढुवानी गर्ने सवारीसाधन चलेको गुनासो आएसँगै संघले अत्यावश्यक सामग्री वितरण गर्दा यस अघिजस्तै खुद्रा पसलमा सानो परिणाममा दिनभर सामान बेच्ने तथा घरघरमा डेलिभरी नगर्न आग्रह गरेका हुन् । प्रशासनले तोकेको मापदण्ड पालना गर्नु आफ्नो सुरक्षाको लागि पनि भएको स्मरण समेत गराइएको छ ।
‘स्थानीय प्रशासनले खाद्यान्नसहित पशुपंक्षीका दाना, दूध, फलफूल, माछामासु, ग्यास, पानीजस्ता अत्यावश्यक सामग्री आपूर्ति गने सवारी साधनलाई निर्वाध सञ्चालनको अनुमतिसहित स्थानीय तहमा यी सामग्री बिक्री वितरणको लागि समयावधि निर्धारण पनि गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘संकटको यो घडीमा उद्योगी व्यवसायीले अत्यावश्यक सामग्रीको ढुवानी गर्नैपर्छ तर निषेध गरिएका क्रियाकलाप आफ्नै सुरक्षाका खातिर हुन् भन्ने मनन पनि गर्नुपर्छ ।’
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१