सिईडिबिको आइपीओ भर्ने आज अन्तिम दिन

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७८
IPO

पोखरा । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले बैशाख १७ गते देखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।

प्रतिकित्ता १०० अंकित मूल्यका २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गरेको छ ।

कुल जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।

आइपीओमा आज कार्यलय समयसम्म मात्र आवेदन दिन पाइनेछ । शेयरमा न्यूनतम १० कित्ता देखि अधिकतममा २५ लाख १८ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width