जनप्रिय क्याम्पसका प्रमुख विरञ्जी गौतमलाई मातृशोक

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७८
Krishna Kumari Gautam

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख विरञ्जी गौतमलाई मातृशोक परेको छ । उनकी माता कृष्णकुमारी गौतमको आज शनिबार बिहान १० बजे ८५ वर्षको उमेरमा आफ्नै निवासमा मृत्यु भएको हो ।

कृष्णकुमारीका जेठा छोरा विष्णुहरि गौतम नेपाल प्रहरीका अवकाश प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक हुन् । माहिला छोरा अधिवक्ता दयाराम गौतम उच्च अदालत बार एसोसिएसनका निवर्तमान अध्यक्ष हुन् भने कान्छा छोरा विरञ्जी गौतम जनप्रिय बहुमुखी क्याम्पस पोखराका क्याम्पस प्रमुख साथै पब्लिक क्याम्पस संघ कार्यसम्पादन समितिका सदस्य हुन् ।

समाजसेवी तेजप्रसाद बराल र तुल्सी बरालकी साहिँली छोरी कृष्णकुमारीको गौतम विसंं. १९९३ पुस २८ गते शनिबार जन्म भएको थियो । उनी पण्डित देवीलाल गौतमसँग विसं २०१० सालमा वैवाहिक जीवनमा बाँधिएकी थिइन ।

गौतमलाई लामो समयदेखि दम रोग थियो । उनका ३ छोरा, ३ बुहारी, ४ नाति र २ नातिनी छन् । उनको शनिबार नै सेती नदीको रातिखहरे सिद्धघाटमा हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width