पोखरा। कर्मफ्लाइटस् फाउन्डेसन नेपालद्वारा कास्कीको अन्नपूर्ण–४, सल्यानस्थित भूमेश्वर आधारभूत विद्यालयलाई बालकक्षा व्यवस्थापनको लागि सामग्री हस्तान्तरण गरिएको छ । संस्थाका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवर नेतृत्वको टोलीले सहयोग सामग्री हस्तान्तरण गरेको हो ।
अन्नपूर्ण ४ का वडाध्यक्ष भरतबहादुर केसीले विद्यालयलाई शैक्षिक गुणस्तर वृद्धि गर्न बालशिक्षा कक्षा व्यवस्थापन गर्न सहयोग गरेकोमा धन्यवाद दिए ।
प्रअ तोरणबहादुर केसीले विद्यालयको शैक्षिक विकासमा लगानी गरेको दानको प्रतिफल तत्कालै नदेखिए पनि दीर्घकालीन रुपमा यो समाज तथा राष्ट्र निर्माणमा कोसेढुंगा हुने बताए ।
विद्यालयका पूर्व विद्यार्थी मदन केसीले पोखराका प्याराग्लाइडिङ पाइलटको संस्थाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न गरेको सहयोगको प्रशंसा गरे ।
संस्थाले ३६ हजार रुपैयाँ बराबरको कार्पेट, ३ थान डेस्क, खेल तथा खेलौना सामग्री भिजुअल चार्ट फ्लेक्स प्रिन्ट, २ सेट पानी शुद्धिकरण गर्ने बकेट फिल्टर प्रदान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुल उद्घाटन
गुरुङ दम्पत्तीले बनाए बुद्ध मूर्ति
प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम
शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१