फूलबारी क्लबको साधारणसभा

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७८
fulbari club

पोखरा। फूलबारी क्लब पोखरा–११ को शनिबार ३० औं वार्षिक साधारणसभा भएको छ ।

सभा उद्घाटन वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले गरेका थिए । त्यस अवसरमा क्लबका पूर्व अध्यक्षहरु शिवकुमार अधिकारी, मुकुन्द बास्तोला ज्वाला र रामकृष्ण बास्तोला ‘गोर्खाली’ ले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा समाजसेवी रामकृष्ण मैनालीलाई सम्मान गरिएको थियो ।

क्लब अध्यक्ष हरिप्रसाद बास्तोलाको अध्यक्षतामा भएको साधारणसभामा सचिव मनोज बास्तोलाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष पुरुषोत्तम बास्तोलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष हरिश्चन्द्र बास्तोलाले स्वागत मन्तव्य राखेका थिए ।

अधिवेशन भने विशेष कारणवश स्थगित गरिएको सचिव मनोज बास्तोलाले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width