पोखरा । मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४÷८५’ निस्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सम्झौतापत्रमा मुक्तिनाथतर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।
बैंकले १ हजार अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र निस्कासन गर्न लागेको हो । बैंकका अनुसार सो परिणामका ऋणपत्रको ६० प्रतिशत (अर्थात ७५ करोड) व्यक्तिगत तवरमार्फत् र ४० प्रतिशत (५० करोड) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निस्कासन विधि मार्फत निस्कासन गरिनेछ । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने सो ऋणपत्रको अवधि ७ वर्षको हुनेछ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट बिना शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै, मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा घरबाटै गर्न सकिने व्यवस्था समेत गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
अखाद्य बस्तु बेच्ने र बिल नदिने पोखराका व्यवसायीलाई जरिवाना
विकृत बजार, सुस्त अनुगमन
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीमा लीलाराम गौतम
फेरि भाउ बढ्याे डिजेल पेट्रोलको
hero news full width
मुख्य समाचार
पोखरामा कोरोना संक्रमितको मृत्यु
गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियाे
वैशाख ६, २०७८लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
वैशाख ६, २०७८कास्कीसहित १४ जिल्ला काेराना अति प्रभावित, पाेखराका स्कुल वैशाखभर खुल्ने छैनन्
वैशाख ६, २०७८जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता, रेशम चाैधरीकाे मुद्दा के भयाे हाेला ?
वैशाख ६, २०७८सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
वैशाख ६, २०७८