प्रवीण स्मृति कार्यक्रममा श्रष्टा सम्मान

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७७
lumle samman

हेमजा । अन्नपूर्ण गाउँपालिकामा शुक्रबार स्रष्टा सम्मान गरिएको छ । लोक गायक प्रवीण गुरुङको स्मृतिमा लुम्लेमा जारी कार्यक्रममा बाटुलेचौर निवासी धनबहादुर गायकलाई मरणोपरान्त तथा लेकाली व्यान्डका भोकलिस्ट अन्नपूर्ण निवासी नवीन गुरुङ र गायक जीवन दाहाललाई सम्मान गरिएको हो ।

उनीहरुलाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरियो । यसैबीच गाउँपालिका अध्यक्ष युवराज कुँवरले स्व गुरुङको अर्धकदको सालिक अनावरण गरे ।
गाउँपालिका अध्यक्ष कुँवरले अन्नपूर्ण पर्यटनको राजधानी भए जस्तै संस्कार र संस्कृतिको पनि राजधानी बनाउन पहल भइरहेको सुनाए । उनले भने ‘वैज्ञानिक, कलाकार र खेलाडीलाई सबैले चिन्छ, त्यसैले पालिकाले उनीहरुको वृद्घि विकासमा सहयोग पनि गर्दछ ।’

अध्यक्ष कुँवरले सानोमा आफूले वस्तुभाउ चराउन जाँदा रेडियोमा प्रवीणका गीत सुनेको स्मरण गरे । उनले कार्यक्रमको अपनत्व लिन लुम्लेवासी समक्ष आग्रह गरे । कलाकार, जो कोही इमानदार तथा श्रमजीवीको सम्मान गर्न गाउँपालिका तयार रहेको उनले स्पष्ट पारे ।

वडाध्यक्ष चित्रबहादुर गुरुङले गीतसंगीत विनाको जीवन अधुरो हुने औंल्याए । गाउँपालिकाले स्थापना कालदेखि नै प्रवीणलाई सम्झेको उनको भनाइ छ ।

कलाकार प्रजापति पराजुली, जीवन दाहाल, समाजका अध्यक्ष टेकबहादुर गुरुङ, सचिव राजु गुरुङ लगायतले गीत संगीतको क्षेत्रमा प्रवीणको योगदानको चर्चा गरे ।

कार्यक्रममा शुक्रबार कलाकार प्रजापति पजाजुली, जीवन दाहाल, शंकरविरही गुरुङ, कृष्ण अखेली, तारापति सुवेदी, सविना गुरुङ, शिवहरि ढुंगाना, टेक क्षेत्री, प्रेमराज अधिकारी, अम्बिका भण्डारी, सरीता अधिकारी, स्थानीय जागृति आमा समूह, शिव शक्ति भजन मण्डली, प्रगति आमा समूहले प्रस्तुति राखेका थिए ।
दोहोरीतर्फ प्रथम चरणका प्रतियोगिता सकिएको आयोजकले जनाएको छ। लालीगुराँस दोहोरी समूह, लोक तथा दोहोरी गीत प्रतिष्ठान हेमजा इकाइ र दौतरी दोहोरी साँझ उपाधिका लागि अघि बढेका छन् ।

यसैबीच दोस्रो गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता सुनगाभा कप २०७७ जारी छ । शुक्रबार सेमिफाइनलका खेल सकिएका छन् । आयोजक सुनगाभा युवा क्लब ए र अन्नपूर्ण युवा क्लब घान्द्रुक किम्चेबीच उपाधिका लागि प्रतिस्पर्धा हुने खेल संयोजक अन्तिम गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width