पूर्व मन्त्री हरि पाण्डेलाई मातृशोक

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७७
shiva kumari pandey late~hari

पोखरा। पूर्व मन्त्री हरिप्रसाद पाण्डेलाई मातृशोक परेको छ । उनकी ममतामयी माता शिवकुमारी पाण्डेको मंगलबार दिउँसो १ बजे आफ्नै निवास पोखरा–६, बैदाममा स्वर्गारोहण भएको हो । उनको बुधबार बिहान पोखरा शान्तिघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।

गत वर्ष चैत २४ मा उनका पति खिमानन्द पाण्डेको ९७ वर्षको उमेरमा स्वर्गारोहण भएको थियो ।

पाण्डे दम्पतीका ४ भाइ छोराहरुमा हरिप्रसादसहित विष्णु, कृष्ण र शंकर पाण्डे छन् । २ छोरीहरु राधिका बस्याल र लक्ष्मी पाठक हुन् ।

यसैबीच, पाल्पाली समाज पोखराले शोक विज्ञप्ति जारी गर्दै समाजका पूर्व सल्लाहकार हरिप्रसाद पाण्डे र विष्णुप्रसाद पाण्डेलाई परेको मातृशोकप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width