म्याग्दी । बिएन्डबि फाउन्डेसनले मालिका–४, च्युरिबोटका ख्याली सोरठीका अभियन्ता मनबहादुर पुनलाई नगद सहित सम्मान गरेको छ ।
युके निवासी समाजसेवीद्वय बागवीर चोचाङ्गी पुन र बलबहादुर चोचाङ्गी पुनले स्थापना गरेको सो फाउन्डेसनले विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तिलाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।
गाउँको पुर्ख्याैली कला, संस्कृति जगेर्ना तथा संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएकोमा मनबहादुरलाई १० हजार रुपैयाँ सहित सम्मान गरिएको सिद्धार्थ माविका शिक्षक छकप्रसाद घर्ती मगरले जानकारी दिए ।
यसैगरी, सिद्धार्थ माविका २ जेहेनदार विद्यार्थीलाई पुरस्कृत गरिएको छ । कक्षा १० का दीपा शर्मा र महेश पुनलाई जनही ५ हजारको दरले पुरस्कृत गरिएको हो ।
फाउन्डेसनको १५ हजार र फूलकुमारी स्मृति कोषबाट २० हजार रुपैयाँसहित ३५ हजार रुपैयाँ बराबरको १ सय ८४ जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरियो ।
खड्कलाल घर्तीमगरको स्मृतिमा उनका छोराबुहारीले विद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष तमबहादुर पुन र निमित्त प्रअ गणेश रेग्मी लगायत शिक्षकले पुरस्कार तथा शैक्षिक सामग्री वितरण गरेका थिए ।
फाउन्डेसनले २०७३ सालदेखि हरेक वर्ष गाउँका समाजसेवी तथा विद्यालयमा अध्ययनरत जेहेनदार २ विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै शैक्षिक सामग्री सहयोग गर्दै आएको प्रअ ललितबहादुर घर्ती मगरले जानकारी दिए ।
सोही अवसरमा विद्यालयमा घेराबार निर्माणका लागि ९ लाख ९६ हजार रुपैयाँ सहयोग गरेको फ्रान्सस्थित सामाजिक संस्था नमस्ते इन्फ्यान्टस द हिमालयलाई धन्यवाद व्यक्त गरियो ।
Related News
सम्बन्धित समाचार
पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुल उद्घाटन
गुरुङ दम्पत्तीले बनाए बुद्ध मूर्ति
प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम
शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१