पोखरा । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका कार्यवाहक अध्यक्ष महेन्द्रप्रसाद यादवले विपीको नाम जप्ने, गिरिजाप्रसादको फोटो झुन्ड्याउने तर समाजवादको धार अँगाल्न नसकेको बताए । नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा ट्रेड युनियन नेता यादवले उक्त कुरा बताएका हुन् ।
नेपाली श्रमिकको सामान्य अवस्थासमेत सुध्रन नसक्नु देशको दूर्भाग्य भएको उनले बताए । उनले कांग्रेस पार्टीले श्रमिकलाई स्थान दिनै नसक्ने ठोकुवा गरे । उनले भने, ‘हामी कांग्रेससँग नजिकमात्र हो, पार्टीसँग हाम्रो सधंै चेतावनीमा चलेको छ ।’ यादवले थपे, ‘योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा लक्ष्मणजीले जति गर्नु भयो, त्यति कांगे्रसले गर्न सकेन ।’
नेता यादवले ओली सरकारले पोलपोलमा नयाँ युग भन्दै फोटो टाँसेर सफल भएको भने पनि ९० प्रतिशत नेपाली श्रमिक सामाजिक सुरक्षा सुविधाबाट बञ्चित रहेको दाबी गरे ।
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको आयोजनामा भएको सभामा कावा अध्यक्ष यादवले सदस्य संख्या वृद्धि गर्दै बार्गेनिङ पावर बढाउन जिल्ला र प्रदेश समितिलाई निर्देशन दिए । कोभिडले चुनौती र अवसर दुवै दिएको भए पनि श्रमिकको सवालमा सरकार अभिभावक बन्नै नसकेको बताए । महामारी कसैको वशमा नभएको भन्दै नेता यादवले जिल्ला तहमै जगेडा कोष स्थापना गरेर श्रमिकलाई राहत दिन सुझाए ।
जिल्ला अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको स्मृति दिवसमा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका उपमहासचिव राधिका कुँइकेल, एनटियुसी गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा, एनटियुसीका केन्द्रीय सदस्य जितबहादुर गुरुङ, वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष ज्ञाज शर्मा, जिल्ला सचिव रुद्रप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१