पोखरा । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले राजनीतिक स्थायित्व र लगानीको लागि उचित वातावरण नभएसम्म उद्योग व्यवसायको प्रवद्र्धन हुन नसक्ने बताएका छन् ।
पोखरा चेम्बर अफ कमर्स कास्कीले दोश्रो वार्षिक साधारण सभा तथा योजना तर्जुमा गोष्ठी शनिबार उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले भयमुक्त भएर व्यवसाय गर्ने वातावरण नभएको बताए । उनले सरकारले व्यवसायीको मनोवल बढाउने काम गर्नु पर्ने धारणा राखे । सरकारले उपभोक्ताको क्रयशक्ति बढाउनेमात्र नभई रोजगारी तथा राजश्व बढाउनको लागि केन्द्रीत भएर काम गर्नु पर्ने उनले सुझाव दिए । अध्यक्ष श्रेष्ठले संघीयतामा राजनीतिक तथा प्रशासनिक अधिकार विकेन्द्रीत गरेता पनि एकद्धार प्रणालीबाट कर उठाउनु पर्ने बताए ।
उनले जिल्ला तथा नगर स्तरका चेम्बरहरुले एक आपसमा आन्तरिक पर्यटन आदान प्रदान गरेर पर्यटन प्रवद्र्धनका काम गर्नु पर्ने धारणा राखे । गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले सयुक्त राष्ट्र संघले नेपाललाई अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा रुपान्तरण गरेको जानकारी दिए । नेपालका उद्योगी व्यवसायीहरु अब गरिब देशको नभएको चर्चा गर्दै उनले विदेशबाट आयातित तथा अरुका सामान बेच्न भन्दा आफै उत्पादनमा जोड दिन अनुरोध गरे ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतम, गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष यदुनाथ अधिकारी, कास्कीका अध्यक्ष किसान सुनार, वरिष्ठ उपाध्यक्ष गिता गौतम तिवारी, महासचिव उमराज बास्तोला, अर्जुन परियार लगायतले बोलेका थिए ।
महासचिव उमराज बास्तोलाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष कमलबहादुर बस्नेतले पेश गरेको आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन र बस्तुगत तर्फ यमनाथ पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव सभाले सुधार सहित पारित गरेको छ । सभामा विभिन्न विधाका अवार्ड वितरण गर्नुका साथै आजीवन तथा संस्थापक सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार तेजबहादुर गुरुङ गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिवमा नियुक्त भएकोमा दोशल्ला ओढाएर सम्मान गरिएको छ । संस्थाका सचिवालय सदस्य रवीबहादुर विकलाई प्रेसिडेन्टल अवार्ड, उत्तरी क्षेत्र चेम्बरलाई उत्कृष्ट इकाई सम्मान प्रदान गरियो । वाणिज्य तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेललाई उत्कृष्ट कार्य समिति सदस्य सम्मान, महिला चेम्बर अफ कमर्स कास्कीलाई उत्कृष्ट विभाग समिति सम्मान प्रदान गरिएको छ । संस्थालाई आर्थिक सहयोग प्रदान गर्ने सचिव प्रेमप्रसाद सुवेदी र राजश्व परामर्श समितिका सदस्य इन्द्रप्रसाद भुवाई (राजु)लाई समेत सम्मान गरिएको छ ।
लालीगुँरास सामुदायिक विकास तथा तालिम प्रतिष्ठान नेपालसंगको सहकार्यमा संस्थागत लेखाजोखा कार्याशाला गोष्ठीको आयोजना गरिएको छ ।
Related News
सम्बन्धित समाचार
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
लेउवा संघले दियो सदस्य परिवारलाई राहत
मुक्तिनाथको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा
hero news full width
मुख्य समाचार
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७