जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कारको अक्षयकोष ५ लाख

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७७
fnj kaski (1)

पोखरा । जगन्नाथ सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कारको अक्षयकोषमा वृद्धि भएको छ ।

नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित सो पुरस्कारको लागि अक्षयकोषमा कास्कीका पहिलो पत्रकार जगन्नाथ सिग्देलको परिवारबाट छोरी जगदम्बिका घिमिरेले थप ३ लाख प्रदान गरेकी हुन् ।

महासंघमा शुक्रबार आयोजित समारोहमा उक्त रकम घिमिरेले महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरिन् । यो सहित अक्षयकोष रकम ५ लाख रुपैयाँ पुगेको छ । अक्षयकोषको व्याजबाट वार्षिक रुपमा १ जना पत्रकारलाई पुरस्कृत गरिँदैआएको महासंघ कास्की सचिव रामप्रसाद तिमिल्सेनाले बताए ।

कार्यक्रममा शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठले सबै प्रकारका आर्थिक सहयोग तथा शुभेक्षाको लागि हार्दिक आभार प्रकट गरे ।

कार्यक्रममा महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीक, महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली र सिग्देल परिवारतर्फबाट छोरी जगदम्बीका घिमिरेले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width