बेगनासताल प्रवद्र्धन अभियान समूह गठन

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७७
Begnastal Abhihan News

लेखनाथ । ‘हामी र हाम्रो सान, बेगनासताल हाम्रो आँगन’ भन्ने नाराका साथ शनिबार सम्पन्न भेलाले हाम्रो बेगनासताल, राम्रो बेगनासताल प्रवद्र्धन अभियान समूह गठन गरेको छ । बेगनासताललाई माया गर्ने विभिन्न उमेर समूहका व्यक्तिहरुको भेलाले नवराज ओझाको संयोजकत्वमा प्रवद्र्धन तथर्द समिति गठन गरेको हो ।

तदर्थ समितिको सदस्यमा बुद्धिप्रसाद सुवेदी, महेश पौडेल, प्रकाश लामिछाने, रमेश बञ्जरा, केशव आचार्य, विनोद थापा, गोविन्द जलारी, हरि बहादुर थापा, सुरेन्द्रबाबु तिवारी, रामबहादुर रानाभाट, निराजन बराल, रोशन खनाल र नवराज सापकोटा छन् । यसैगरी अभियानको सल्लाहकारमा डा. इन्द्र तिवारी, डिल्लीरमण तिवारी, कृष्णप्रसाद ढुंगाना, धु्रवनाथ अधिकारी र दुर्गाप्रसाद अधिकारी छन् ।

बृहत भेलाले तदर्थ समितिलाई विधान तयारी, संस्थाको आगामी उद्देश्य, बेगनास र वरिपरिको क्षेत्रको पर्यटन प्रवद्र्धन र सामाजिक क्रियाकलापका विषयमा योजना बनाउन म्यान्डेट दिएको छ । पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकमध्ये थोरैको मात्र बेगनासताल गन्तव्य भएको सन्दर्भमा बसाई लम्व्याउन विभिन्न निकायसँग छलफल र अन्तरक्रिया तथा बृहत्तर बेगनासको विकासका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गरिने अभियानका संयोजक नवराज ओझाले जानकारी दिए ।

राजनीति भन्दा टाढा रहेर सामूहिक एजेन्डामा अभियानले काम गर्ने हाम्रो बेगनासताल राम्रो बेगनासतालका अभियन्ता महेश पौडेलले जानकारी दिए । यसअघि कार्यक्रममा स्थानीय कृष्णप्रसाद ढुंगाना, नवराज ओझा, बुद्धिप्रसाद सुवेदी, महेश पौडेल लगायतले अभियानको बारेमा बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width