फाइल फाेटाे।
पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ ।
आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ ।
सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इञ्जिनीयर सविना रानाभाट जानकारी दिए । उनले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताए ।
गत असार पहिलो हप्ता पहिराले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिए। सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ ।
सो अवधिमा नारायणढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिने छ । उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ–मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ । वैकल्पिक सडक प्रयोग गर्न नमिल्नेहरुले धैर्यधारण गरी लेन अनुशासन पालना गरी ट्राफिक प्रहरी र कर्मचारीको अनुशासन पालन गर्न भनिएको छ ।
Related News
सम्बन्धित समाचार
भूमेश्वरमा कर्मफ्लाइटस्को सहयोग
लोकदोहोरी प्रतिष्ठान गण्डकीद्वारा कलाकार र पत्रकारलाई बधाई
फूलबारी क्लबको साधारणसभा
चितवन समाजको क्यालेन्डर विमोचन
कांग्रेस कास्की सभापतिलाई पितृशोक
hero news full width
मुख्य समाचार
बाँकेमा भयावह बन्दै काेराेना : संक्रमित बिरामीका लागि शय्या अभाव
कोरोना सङ्क्रमणका कारण महिलाको मृत्यु
वैशाख १०, २०७८भक्तजनका लागि पशुपति क्षेत्रका सबै मन्दिर बन्द, नित्य पूजा जारी
वैशाख १०, २०७८कोरोना महामारीः प्रदेश तात्यो, महानगर सुस्त
वैशाख १०, २०७८पोखराका सम्पदा : हचुवामै ठेकेदारकाे जिम्मा
वैशाख १०, २०७८को बन्ला वर्ष खेलाडी महिला ?
वैशाख ९, २०७८