स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले जलचर संरक्षण र व्यवस्थापन ऐन तथा स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन बनाएको छ । गाउँपालिकाको आठौं गाउँसभामा उपाध्यक्ष शर्मिला देवी पौडेलले प्रस्ताव गरेका बिधेयकहरु सर्वसम्मतिले पारित भएसँगै ऐन बनेका हुन् ।
गाउँपालिकाको विधायन समितिले तयार पारेका बिधेयक नगरसभामा आवश्यक छलफलपछि पारित भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्षले हस्ताक्षर गरेपछि ऐन कार्यान्वयनमा आउनेछन् । जलचरको संरक्षण र वातावरण तथा प्राकृतिक स्रोत साधनको संरक्षणमा स्थानीय तह आँफैलाई बाटो खुलेको गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले प्रतिक्रिया दिए ।
यसैगरी, उपाध्यक्ष शर्मिला देवी पौडेलले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक तथा विनियोजन ऐन संशोधन सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । पौडेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आँधीखोला गाउँपालिकाको चालू खर्च २ करोड ३२ लाख (३२ प्रतिशत), पुँजीगत खर्च २ करोड २७ लाख (१७ प्रतिशत) रहेको छ भने संघीय सरकार सशर्त अनुदानतर्फको खर्च ६ करोड ५० लाख (३१ प्रतिशत) रहेको छ । शुक्रबार गाउँपालिकाको वडा नं ५ को सभा हलमा सम्पन्न भएको आठौं गाउँ सभाको अध्यक्षता गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले गरेका थिए । पौडेलले गाउँपालिकाको प्रशासनिक भवन बनाउने काम ७५ प्रतिशत सकिएको जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१