मुक्तिनाथको ‘विच्याट–पे’ सेवा

Avatar आदर्श समाज सम्वाददाता
माघ १९, २०७७
muktinath bank

पोखरा । मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न चीनको प्रख्यात भुक्तानी सेवा ‘वीच्याट–पे’ सँग साझेदारी गरेको छ ।

वीच्याट–पे मोवाइल वालेट प्रयोगकर्ताले मुक्तिनाथ बैंकअन्तर्गतका मर्चेन्टमा राखिएको क्युआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सक्नेछन् ।

सो सम्झौतामा मुक्तिनाथतर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तीलबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

चीनमा निकै लोकप्रिय रहेको वीच्याट–पे मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक वा व्यापारीले विभिन्न सामग्री खरिद तथा तथा सेवा प्रयोगवापत सो सुविधा लिई भुक्तानी गर्न सक्ने छन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटिमएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरी मोबाइल बैंकिङ, क्युआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा लगायत कार्य बैंकको शाखाबाट गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads