पानीपँधेरोको प्रधान कार्यालय नागढुंगामा

आदर्श समाज सम्वाददाता
माघ १८, २०७७
Pani Padhero

पोखरा । पानीपँधेरोको ट्रेड प्रालिको प्रधानकार्यालय पोखरा नागढुंगा रहने भएको छ । कार्यालय माघ २२ मा एक समारोहबीच कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले उद्घाटन गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक खेम तिमिल्सिनाले जानकारी दिए ।

२०७६ सालमा स्थापना भएको पानीपँधेरोले यस अवधिमा नागढुंगा, हरिचोक, बिरौटा, बगर, काहुँखोला र तनहुँको भीमादमा शाखा बिस्तार गरिसकेको कम्पनीका अध्यक्ष कुलदीप भट्टराईले जानकारी दिए ।

ग्राहकलाई एउटै छानामुनि सम्पूर्ण दैनिक उपभोग्य सामग्री सर्वसुलभ दरले पानीपधेँरोले उपलब्ध गराउँदै आएको भट्टराईले बताए ।

ग्राहकको सुविधाका लागि एक सय एकदिने उपहार योजनामा आकर्षक उपहार दिने पनि कम्पनी उपाध्यक्ष किशोर सुवेदीले जानकारी दिए । प्रथम पुुरस्कार स्कूटर, द्वितीय माउन्टेन बाइक, तृतीय वासिङ मेसिन, चौथो पुरस्कार माइक्रो ओभन रहेको छ । सान्त्वना पुरस्कार स्वरुप प्रत्येक शाखामा ३ जनाको दर १८ जनालाई पुरस्कार प्रदान गरिने छ ।

१८ जनाको समूहको करिब १० करोडको लगानीमा पानीपधेँरो सञ्चालनमा ल्याएका हुन् । सबै शाखामा गरी हाल १ सय जना कर्मचारी कार्यरत रहेको म्यानेजर दिविन भट्टराईले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width