पोखरा । मुद्रा सटही व्यवसायी संगठन (मनी चेञ्जर) पोखराको अध्यक्षमा रुपकराज मिश्र निर्विरोध निर्वाचित भएका छन् ।
पोखरामा शुक्रबार भएको संगठनको १५ औं साधारण सभा तथा ८ औं अधिवेशनले मिश्रलााई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । यसैगरी संगठनको उपाध्यक्षमा दीपकराज पौडेल, सचिवमा संगिता पौडेल र कोषाध्यक्षमा अमृत भुजेल निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनले सदस्यमा अनिता अधिकारी, कमल भुजेल, सबु श्रेष्ठ र प्रविण अधिकारी निर्वाचित गरेको संगठनका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।
यस अघि साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद राजीव पहारीले पर्यटकलाई सेवा दिन दैनिक १८ घन्टासम्म तयार रहने मुद्रा सटही व्यवसायी कोभिडका कारण प्रत्यक्ष मारमा परेको बताए ।
अहिलेको विषम परिस्थितिमा कति पनि विचलित नभई व्यवसाय सुचारु गर्न उनले आग्रह समेत गरे । कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका उपनिर्देशक रामकुमार कार्कीले समेत अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग
सुनकाे मूल्य १७०० ले घट्यो
hero news full width
मुख्य समाचार
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७