चालक र सहचालकलाई प्रशिक्षण

Avatar आदर्श समाज सम्वाददाता
माघ १४, २०७७
gandaki traffic (1)

पोखरा। गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको आयोजनामा पोखरामा बुधबार सवारी चालक÷सहचालक प्रशिक्षण कार्यक्रम भएको छ ।

गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग तथा समन्वयमा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाललगायतको उपस्थिति थियो ।

कार्यक्रममा चालक तथा सहचालकलाई ट्राफिक नियम, सवारी दुर्घटनाका कारण, ट्राफिक चिह्न, सडक रेखा, सडक प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा उपाय, सवारी ऐन कानुन, सवारी दुर्घटना न्यूनीकरणमा चालक र सहचालकको भूमिका लगायत विषयमा प्रशिक्षण दिइएको हो ।

सो अवसरमा उत्कृष्ट ३ जना सवारीचालकलाई नगदसहित सम्मान गरिएके कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनोजकुमार शाहीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads