पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराले आमा एग्रो प्रोडक्ट प्रालिलाई उद्यमशीलता प्रवद्र्धनका लागि २ लाख रुपैयाँ सहयोग गरेको छ ।
पोखरामा बुधबार आयोजित कार्यक्रममा मञ्च अध्यक्ष पुनीत वैद्यले आमा एग्रो प्रोडक्टकी अध्यक्ष गीता विष्टलाई सो रकम हस्तान्तरण गरे ।
संस्थाको ‘बनौं लखपति’ कार्यक्रमअन्तर्गत सो रकम प्रदान गरिएको अध्यक्ष वैद्यले बताए । ‘महिला उद्यमशीलता र स्वदेशी उत्पादन प्रवद्र्धन कार्यक्रमलाई जोड दिएको आमा एग्रोमा सहभागी महिला उद्यमीलाई प्रवद्र्धनका लागि उक्त रकम पछि फिर्ता गर्ने गरी हस्तान्तरण गरेका छौ,’ अध्यक्ष वैद्यले भने ।
एनवाइइएफ पोखराले युवाउद्यमीलाई प्रोत्साहन र प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको संस्थाका सचिव तथा कार्यक्रम संयोजक नीरन केसीले जानकारी दिए ।
संस्थाले कास्कीका विभिन्न विद्यालयको भौतिक पूर्वाधार निर्माणदेखि शैक्षिक सामाग्री वितरण लगायत गतिविधिमा सहयोग गर्दै आएको उनले बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१