पोखरा । जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा सवित्रा कोइराला विजयी भएकी छन् । शनिबार भएको अधिवेशनमा उनले अध्यक्षका २ जना प्रत्यासीलाई पछि पार्दै १ सय ९८ मत पाइन् । अध्यक्षका प्रत्यासी बलराम गौतमले ७८ मत प्राप्त गर्दा अर्का प्रत्यासी धर्म अर्यालले ३६ मतमा चित्त बुझाए ।
शनिबार भएको मतदानमा ३ सय ४० मतदातामध्ये ३ सय २२ जनाले भोट हालेका थिए । संघको वरिष्ठ उपाध्यक्षमा छविलाल लामिछानेले उमराज बास्तोलालाई १ सय ४१ मतान्तरले पछि पो । लामिछानेले २ सय २२ मत प्राप्त गर्दा बास्तोलाले ८१ मत ल्याए । महिला उपाध्यक्षमा अम्बिका गौतम १ सय ९४ मतसहित विजयी प्रतिस्पर्धी संगीता तिमिल्सिनाले १ सय १२ मत ल्याइन् ।
महासचिवमा दीपकराज बास्तोला निर्वाचित भए । उनले महासचिवका प्रत्यासी ठाकुर पोखरेललाई भारी मतले पराजित गरे । बास्तोलाले २ सय २७ मत पाएका थिए भने पोखरेलले ७९ । कोषाध्यक्षमा नवराज बरालले लक्ष्मण कोइरालालाई पराजित गरे । बरालले २ सय मत ल्याउँदा कोइरालाले १ सय ३ मत पाए ।
संघको राष्ट्रिय प्रतिनिधि पद भने निक्कै चर्चामा रह्यो । प्रदेशसभा सांसद प्रभा कोइराला नै चुनावी मैदानमा होमिएको कारण राष्ट्रिय प्रतिनिधि पदमा भएको निर्वाचनको महत्व बढेको थियो । उक्त पदको लागि भएको मतदानमा दीपकप्रसाद आचार्य विजयी भए । आचार्यले २ सय १४ मत प्राप्त गर्दा सांसद कोइरालाले ८६ मत मात्र प्राप्त गरिन् ।
महिला सदस्यमा कौशिला गुरुङ, चन्द्रकुमारी पराजुली, मैनादेवी रावत, विना लोहनी सदस्य विजयी भए । खुला सदस्यमा खेमबहादुर गुरुङ, धनराज पुरी निर्वाचित भए । विषयगत प्रतिनिधिमा आनन्द सुवेदी, लेखा सुपरीवेक्षण समिति संयोजकमा धर्मबहादुर गुरुङ, लेखा सदस्यहरुमा रमण पौडेल, विमला बस्नेत विजयी भए ।
Related News
सम्बन्धित समाचार
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
तरकारी बजारमा माछापुच्छ्रे बैंकको क्युआर सेवा
लेखा परीक्षणका समस्या हटाउन जोड
सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको सहयोग
प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति
hero news full width
मुख्य समाचार
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७