वासिङ्टन, २९ पुस । गूगलको स्वामित्वमा रहेको युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरिदिएको जनाएको छ ।
साथै आफ्नो नीति विपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको जनाउँदै युट्युबले ती सामग्री पनि हटाइदिएको छ ।
गत साता अमेरिकी संसद क्यापिटोलमा भएको ट्रम्प समर्थकको आक्रमणपछि ट्वीटर र फेसबुकले ट्रम्पका निजी खाता (अकाउन्ट) बन्द गरिदिएका छन् ।
अमेरिकी ठूला प्रविधि कम्पनीहरुले राष्ट्रपति निर्वाचित जो बाइडेन विरुद्ध राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली गरेको भन्दै आधारहीन आरोप लगाएको भन्दै विरोध पनि गरेका छन् ।
युट्युबले एक वक्तव्य जारी गर्दै भनेको छ, “हिंसा भड्किने सम्भावना अझै देखिएको सन्दर्भमा हामीले डोनाल्ड ट्रम्पको युट्युब च्यानलमा पोस्ट गरिएका सामग्री हटाइएको छ ।”
ट्वीटरले ट्रम्पका कट्टर समर्थक मानिएको क्यूएनोन समूहसँग आबद्ध ७० हजारभन्दा बढी खाता पनि बन्द गरिदिएको छ । साथै स्नापच्याट र ट्वीचले पनि ट्रम्पका सामग्री पोस्ट गर्नबाट निलम्बन गरिदिएका छन् ।
राष्ट्रपति ट्रम्पको युट्युब च्यानलमा २७ लाख ७० हजार ग्राहक, समर्थक रहेका छन् ।
Related News
सम्बन्धित समाचार
अन्तरिक्षमा पठाइने २ जनाको नाम घोषणा
मेन क्यामेरालाई घुमाएर सेल्फी लिन मिल्ने फोन
नवलपुरमा राष्ट्रिय परिचयपत्रका लागि अभिलेखीकरण
प्रविधिको प्रयोगबाटै छिटो र सहज सेवा
हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
hero news full width
मुख्य समाचार
अखाद्य बस्तु बेच्ने र बिल नदिने पोखराका व्यवसायीलाई जरिवाना
पोखराका स्कुलमा वैशाखभित्रै परीक्षा सक्नुपर्ने
वैशाख ५, २०७८महामारी फैलियो, सावधानी छैन
वैशाख ५, २०७८एकै दिन १०९६ जनामा कोरोना संक्रमण, ८ को मृत्यु
वैशाख ५, २०७८गण्डकी प्रदेश खेलकुद परिषदले पायो पूर्णता, उपाध्यक्षमा नारायण पुन
वैशाख ५, २०७८विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्
वैशाख ५, २०७८