फुडजोन पोखराको होम डेलिभरी

आदर्श समाज संवाददाता
पौष २७, २०७७
Foodzone

पोखरा । फुडजोन पोखराले अनलाइन माध्यमबाट रेष्टुरेन्टका खाना, खाजा अर्डर तथा होम डेलिभरी सेवा सुरु गर्ने भएको छ । पोखराका युवा व्यवसायी चेतन अधिकारीको लगानीमा माघ १ देखि फुडजोनपोखरा डटकम सञ्चालनमा आउन लागेको हो ।

त्यसका लागि ग्राहकले अनलाइनमा गएर रेष्टुरेन्ट चयन गरी खाना तथा खाजा अर्डन गर्न सक्ने कम्पनीका सञ्चालक अधिकारीले जानकारी दिए । अर्डरपछि निःशुल्करुपमा होम डेलिभरी सेवा उपलब्ध हुनेछ ।

पहिलो चरणमा पोखरा क्षेत्रमा मात्रै सेवा प्रदान गरिनेर पछि घरघरमा फलफूल तथा प्रशोधित तरकारीसमेत डेलिभरी गर्ने योजना कम्पनीले लिएको छ ।

कम्पनी सुरुवात अवसरमा एक सातासम्म ५० प्रतिशतभन्दा बढी छुट उपलब्ध गराइनेछ । माघ १ गते पोखरा क्षेत्रका ५० जना असहाय व्यक्तिलाई निःशुल्क खाना दिइने कम्पनीले जनायो ।

Related News

सम्बन्धित समाचार

hero news full width