पोखरा । राष्ट्रिय समाचार समितिका पोखरा समाचारदाता जमुना वर्षा शर्मा सम्मानित भएकी छन् । समाचारका माध्यमबाट पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनका अवसरमा उनलाई नगद १० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लाबाट गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले सम्मान गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले महिला पर्यटन व्यवसायी संगठित भएर अघि बढ्दा पर्यटन विकासमा टेवा पुग्ने बताए । उनले २०५० साल यता विभिन्न कारणले पर्यटन क्षेत्र प्रभावित हुँदै गएको स्मरण गर्दै अहिले कोभिडका कारण संकटमा परेको भनाइ राखे । अहिलेको अवस्थामा पर्यटनलाई गति दिन सबै संघ संस्थाबीच समन्वय र सहकार्यको खाँचो उनले आंैल्याए । सन् २०१९ मा ४ लाख ८० हजार विदेशी र ५ लाख आन्तरिक पर्यटक गरी करिब १० लाख पर्यटक पोखरा आएकामा २०२० मा भने कोभिडको मारमा पर्यटन व्यवसायी परेको उनले बताए । यस्तै समस्याले पर्यटन क्षेत्रको लगानी जोखिममा रहेको उनको भनाइ छ ।
पोखरा महानगरका उपप्रमुख मन्जुदेवी गुरुङले महिला आफ्नो अधिकारका लागि संगठित भएर अघि बढ्नुपर्ने बताइन् । महानगरले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको उनले जानकारी गराइन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रको विकासमा सबैको साथ सहयोग अपरिहार्य हुने जनाए । कोभिड १९ को कारण सुस्ताएको पर्यटनलाई गति दिनुपर्ने भन्दै उनले सरकार व्यवसायीमैत्री बन्दै उनीहरूलाई क्षेत्रबाट पलायन हुनबाट जोगाउन आग्रह गरे ।
आन्तरिक पर्यटन पुनर्राेत्थान समितिका संयोजक अग्नि कँडेलले अहिलेको अवस्था पर्यटनलाई लय फर्काउन आन्तरिक पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्ने बताए ।
मञ्चका अध्यक्ष जमुना पराजुलीले महिला पर्यटन व्यवसायीको नेतृत्व तथा व्यक्तित्व विकासमा जोड दिँदै पर्यटन विकासका लागि लागिरहेको उल्लेख गरिन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा महानगरपालिका ६ का वडाध्यक्ष जगत पहारी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष मीना भट्टराई, सम्मानित व्यक्तित्व जमुना वर्षा शर्मा लगायतले पोखराको पर्यटन लगायतका विषयमा भनाइ राखे । कार्यक्रममा मञ्चका सल्लाहकार देबका पहारी र पम्फा पहारीलाई सम्मान गरिएको थियो । बन्द सत्रले नयाँ कार्यसमिति चयन गर्ने सचिव उमा भण्डारीले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
गाउँमै रोजगारी : परिवारमा खुशीयाली
आँखा, हात, खुट्टा, नङको सौन्दर्य निखार्न सिजी ब्रोज एन्ड नेल्स
विकास खर्च तीन वर्षयताकै कम
पोउवा संघ टोलीलाई औद्यागिक क्षेत्रमा स्वागत
कृषि विकास बैंकको वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
माघ १२, २०७७पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
माघ १२, २०७७भाडाका घरमा गाउँका ‘सिंहदरबार’
माघ १२, २०७७गण्डकीमा आयो कोरोना खोप
माघ १२, २०७७नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
माघ ११, २०७७