पोखरा, २५ पुस । स्वाभिमान बचत ऋण सहकारी संस्थाको तेस्रो साधारण सभा दोस्रो अधिवेशनले कमलबहादुर रेग्मीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ ।
कार्यसमिति उपाध्यक्षमा बिमला भण्डारी, सचिव साराबहादुर पोखेरल,कोषाध्यक्ष क्या। यामबहादुर क्षत्री र सहसचिव लक्ष्मी कार्की चयन भए ।
यस्तै सदस्यमा भीमबहादुर खत्री, राधिका कार्की, कृष्णकुमारी महत, अर्चना बस्नेत रोकाहा, नन्दा बस्नेत र अमबहादुर रेग्मी छन् ।
लेखा समिति संयोजकमा वेदबहादुर थापा तथा सदस्य राजबहादुर थापा र मीनाकुमारी जिसी छन् ।
प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी विभाग प्रमुख दर्ता अधिकारी अनिल कार्कीले सहकारीको सिद्धान्त अनुरुप चल्न शुभेक्षा दिँदै पोखरामा बैंकको स्तर बराबरका सहकारीको संख्या बढेको बताए ।
पोखरा १७ का वडा सदस्य शान्तादेवी गुरुङले सहकारीको बिस्तारित रुपले मुलुक समृद्धितर्फ अगाडि बढेको बताइन् ।
क्षत्री समाज महिला केन्द्रीय समिति अध्यक्ष उर्मिला खड्काले समाजको नेतृत्वमा सुरु गरेको सहकारी अन्यभन्दा पृथक रहेको बताइन् ।
संस्थाका कार्यवाहक अध्यक्ष बिमला भण्डारीले आपसी भाइचारा र बन्धुत्वको विकास गर्न र व्यावसायिक तथा आर्थिक विकासका लागि सहकारीको महत्वपूर्ण भूमिका रहेको बताइन् ।
संस्थाका शेयर सदस्यका छोराछोरीमध्ये शैक्षिक लगायत विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्नेहरुलाई सम्मान गरिएको थियो । यस्तै संस्थापक अध्यक्ष लक्ष्मण कार्कीलाई मृत्युपर्यन्त सम्मान गरियो ।
कार्यक्रममा शेयर सदस्यतर्फबाट देविका कार्की, कार्यसमितितर्फबाट साराबहादुर पोखरेल, सल्लाहकार देवीबहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका कार्यवाहक अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अर्चना बस्नेत रोकाहा र सात सिद्धान्त वाचन नन्दा ढकालले गरेकी थिइन् ।
पोखरा १७ मा रहेको सहकारीमा हाल ८ सय ३७ शेयर सदस्य रहेका छन् ।
Related News
सम्बन्धित समाचार
प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति
रुपाकोट रिसोर्टले निस्काशन गरेका मजदुरको पुनवर्हाली माग्दै ज्ञापनपत्र
लेखनाथ उवा संघको अधिवेशन २०७८ भदौ १८ र १९ गते
निशान म्यागनाइट गाडी नेपाली बजारमा
नेपाली घ्यू जापानमा लोकप्रिय
hero news full width
मुख्य समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७