दारी ग्याङ पोखरामा अभिमन्यु

आदर्श समाज संवाददाता
पौष २५, २०७७
dari gang (1)

पोखरा । दारी ग्याङ पोखराको संयोजकमा अभिमन्यु पाण्डे चयन भएका छन् । ग्याङको शनिबार बसेको बैठकले वसन्त मिश्रलाई सहसंयोजकको जिम्मेवारी दिएको छ ।

यसअघि शेखर गौतमले २ वर्ष र वसन्त पहारीले साढे २ वर्ष संयोजक भएर काम गरेका थिए । नवनियुक्त संयोजक र सहसंयोजकलाई पूर्वसंयोजक शेखर गौतम र निवर्तमान संयोजक वसन्त पहारीले शुभकामना दिए ।

संयोजक पाण्डेले सबै सदस्यको सहयोग लिएर अघि बढ्न सकिने बताउँदै दारी ग्याङको आधिकारिक कार्यालय खोल्ने, नवयुवालाई व्यापार, व्यवसायमा प्रोत्साहन गर्ने, तत्काल आपतकालीन सेवामा सदैव तत्पर रहने प्रतिबद्धता जनाए ।

दारी ग्याङ पोखराले फेवाताल सरसफाइ, आकस्मिक र नियमित रक्तदान, निम्न वर्गीय परिवारलाई स्वास्थ्य उपचार खर्च सहयोग, विपन्न परिवारलाई सहयोग, सडक तथा अनाथ बालबालिकालाई सहयोग, विद्यालयलाई ह्वाइट बोर्ड सहयोग लगायत उदारहणीय कार्य गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width