त्रिवि र आंशिक प्राध्यापकबीच सहमति, एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई करार
आदर्श समाज संवाददाता
पौष २५, २०७७
त्रिवि र आंशिक प्राध्यापकबीच सहमति, एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई करार
आदर्श समाज संवाददाता
पौष २५, २०७७
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ ।
विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह (करार)मा नियुक्ति दिने सहमति भएको छ ।
यसरी नियुक्त शिक्षकले क्याम्पसको आन्तरिक स्रोतबाटे पारिश्रमिक पाउने गरी व्यवस्थापन गर्ने र त्यस्ता शिक्षकले त्रिविको प्राज्ञिक अध्ययन तथा अनुसन्धानमा पनि समावेश हुन पाउने भएका छन् ।
सङ्घका प्रचार विभाग सदस्य सुरेश भट्टराईका अनुसार एक शैक्षिकसत्र अध्यापन गरेका आंशिक शिक्षकलाई त्रिवि सेवा आयोग प्रवेशमा उमेर हद नलाग्ने गरी नियम संशोधन गर्न विश्वविद्यालयले प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ ।
सहमतिमा विश्वविद्यालयका तर्फबाट वार्ता समितिका संयोजक सहप्रा. विष्णुप्रसाद खनाल र सङ्घका तर्फबाट मोहनप्रसाद घिमिरेलगायतको हस्ताक्षर रहेको छ । हाल त्रिविमा करीव दुई हजार आंशिक प्राध्यापक छन् । –––
पोखरा । प्रतिभा माध्यमिक विद्यालयको अतिरिक्त व्रिmयाकलाप अन्तर्गत आइतबार ‘राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता भएको छ । नेपाली…
पोखरा । नेपाली भाषा शिक्षक परिषद्, कास्कीले शनिबार प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षणसम्बन्धी कार्यशाला आयोजना गरेको छ । कार्यशालामा मावि तहमा…
Related News
सम्बन्धित समाचार
प्रतिभा माविमा वक्तृत्वकला
प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षणसम्बन्धी कार्यशाला
पोखरा–१२ का सामुदायिक विद्यालयमा संस्कार शिक्षा
गैंडाकोटको अक्सफोर्ड कलेजका विद्यार्थीलाई बधाई एवं सम्मान
विन्ध्येश्वरी आदर्शमा निर्वाचन तथा स्वागत
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१