पोखरा । पोखरा उद्योग वाणिज्य महासंघको ३३ औं महाधिवेशनमा हुने निर्वाचनका लागि नारायण कोइराला प्यानलको घरदैलो अभियान जारी छ । बुधबार कोइराला प्यानल घरदैलो अभियानका लागि पोखराको काहुँखोला, बाँझापाटन, शितलादेवी, रानीपौवा, महेन्द्रपुल, हरिचोक, टुँडिखेल, विन्ध्यवासिनी, अर्चलबोट, बाग्लुङ बसपार्क, पस्र्याङ, मालेपाटन लगायत क्षेत्रमा पुगेको थियो ।
अभियानकै क्रममा मतदाताले अनुभवी, संघको नेतृत्व गर्न सक्ने क्षमता भएको, प्रक्रियागत ढंगबाट अगाडि बढको लगाएत कारण राम्रो समूह रहेको भन्दै जीतको शुभकामना दिए । राम्रा उम्मेदवारलाई भोट दिन आफूहरु तयार रहेको मतदाताको भनाई छ ।
पोखरा शितलादेवीका सत्य ईन्टर प्राईजेजका सञ्चालक डम्बरबहादुर श्रेष्ठले चुनावी घरदैलोको अभियानको क्रममा नयाँ अनुहारसँग भेटघाट हुन पाएको प्रतिक्रिया दिए । प्यानल राम्रो बनेको उनको भनाई थियो । आफु पनि २०३० देखि लगातार तीन कार्यकाल कार्य समिति सदस्यमा रहेर काम गरेको भन्दै उनले काम गर्नको लागि समूहका सबै उत्कृष्ट हुनुपर्ने बताए ।
नारायण कोइरालाको प्यानल राम्रो भएको कारण प्यानलले नै जितेमा काम गर्न सहज हुने उनले सुनाए । ‘हाम्रो पालामा चुनाव भन्ने हुने थिएन । सबै एउटै मन भएका कार्यसमितीमा हुन्थ्यौं । त्यसैले काम गर्न सजिलो हुन्थ्यो,’ उनले भने, ‘यो पटक पनि नारायणको प्यानल नै राम्रो छ । यही टिमले जितेमा काम गर्न सहज होला, नत्र गाह्रो हुन्छ ।’
घरदैलो अभियानको क्रममा केहिको पहिला जितेर गएका कार्यसमितिले आफुहरुको समस्या सम्बोधन नगरिदिएको गुनासो पनि गरेका थिए । उद्योगी व्यासायीहरुको समस्या समाधान गर्नकै लागि नारायण कोइराला प्यानललाई जिताउन अध्यक्षका उम्मेद्वार नारायण कोइरालाले आग्रह गरे । आफ्नो प्यानललाई जिताएमा सबैभन्दा पहिला व्यावसायीको समस्या सम्बोधन गर्न तर्फ आफ्नो टिम तल्लिन रहने उनले बताए । आफुले विभिन्न समयमा विभिन्न पदमा रहेर काम गर्दा उद्योगी व्याबसायीको समस्या राम्रैसंग बुझेकाले काम गर्न सहज हुने उनको भनाई थियो ।
उद्योग तर्फका उपाध्यक्ष उम्मेद्वार चिनुकुमारी गुरुङले आफु विजयी भएर आएको खण्डमा उद्योगी व्यावसायीकै हक हित र समस्यासँग नजिक रहेर समस्या समाधान तर्फ लाग्ने जानकारी दिईन् । आफु महिला भएको कारण पनि महिला उद्योगी व्यावसायीको समस्यामा बढी केन्द्रित रहने उनले बताईन् । महिला उद्योगी व्यवसायीहरुको क्षमता अभिवृद्धीको लागि सरकारसँग सहकार्य गर्दै अगाडी बढ्ने उनको भनाइ छ ।
वाणिज्य तर्फका उपाध्यक्षका उम्मेद्वार अर्जुन पोखरेलले सबै उद्योगी व्यावसायी, पर्यटन व्यवसायीसंग नजिक रहेर काम गर्ने प्रतिबद्धता जनाए । पोखरामा देखिएका समस्याहरु पार्किङ, फुटपाथ, घरभाडा, बाटोको समस्या समाधानको लागि पैरवी गर्ने उनको योजना छ । सामुहिक रुपमा रहेका एजेण्डाहरु र व्यावसायिक हितको लागि काम गर्ने उनको भनाई छ । पछिल्लो समयमा पोखरा उद्योग वाणिव्य संघको साख गिरेको गुनासो आफुले सुनेको भन्दै पोखरेलले पूरानो विरासत सुरक्षित राख्न तल्लीन रहने उनी बताउँछन् ।
कोरोनाले निम्त्याएको बिषमतालाई चिर्दै व्यवसायीहरुको हक रक्षाको लागि आफ्नो पहिलो प्राथमिकता रहने.महासचिव पदका उम्मेद्वार सुरेन्द्रमान विजुक्छेले बताए । राजनीतिक छाप नदेखिने गरि उद्योग वाणिज्य संघको काम गर्ने उनको तयारी छ । कोषाध्यक्ष तर्फका उम्मेद्वार बलराम आचार्यले संघलाई सानो लागानीबाट व्यवसाय सुरु गर्नेदेखि ठुलो लगानी गर्ने सबै व्यावसायीहरुको साझा संस्था बनाउने प्रतिद्धता सुनाए । संघको सचिवालयलाई ¬¬सुदृढीकरण गर्दे सदस्यहरुको घरमै सेवा सुविधा पु¥याउने प्रणालीलाई व्यवस्थीत बनाउने उप महासचिव पदका उम्मेद्वार केशव बहादुर खत्रीले बताए ।
यो समूहबाट वरिष्ठ उपाध्यक्षमा पवन प्रजापति निर्विरोध निर्वाचित भैसकेका छन् । यस्तै एशोसियट्स सदस्यहरुमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) पनि निर्विरोध भए । अन्य सदस्यहरुमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । कुमानी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला कार्यसमिति सदस्यको उम्मेद्वार छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१