सर्वजातीय अधिकार मञ्च गठन

आदर्श समाज संवाददाता
पौष १९, २०७७
Sarbajatiya Bhela

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा शनिबार सम्पन्न प्रथम ऐतिहासिक सर्वजातीय भेलाले मेजर चोकबहादुर थापाको संयोजकत्वमा ४३ सदस्यीय सर्वजातीय अधिकार मञ्च नामक संगठनको स्थापना गरेको छ ।

मञ्चले आफ्नो नाराका रुपमा सर्वजातीय संविधानसभा, सर्वजातीय सरकार र सर्वजातीय कर्मचारी प्रशासनलाई अघि सारेको भेलाको संयोजन गरेका अभियन्ता यामबहादुर घर्तीमगरले जानकारी दिए । जातीय जनसंख्याको आधारमा जातीय संघसंस्थामार्फत् पठाइएको प्रतिनिधिहरूको सर्वजातीय संविधानसभा गठन गरिनुपर्ने आफूहरूको प्रस्ताव रहेको घर्तीमगरले बताए ।

भेलाको अध्यक्षता गरेका रूद्रबहादुर गुरुङले संविधान, ऐन, कानून निर्माण गर्ने ठाउँमा सबै जातिको समान प्रतिनिधित्व हुनुपर्नेमा मञ्चले जोड दिएको उल्लेख गरे । नवगठित मञ्चका संयोजक थापाले सर्वजातीय संविधानसभा गठनका लागि मञ्चले देशव्यापी अभियान चलाउने घोषणा गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width