पोखरा। पोखरा जेसिज वर्ष–२०२१ को कार्यसमितिको पदस्थापन भएको छ । वर्ष २०२० का अध्यक्ष शिवप्रसाद सापकोटाले वर्ष २०२१ का अध्यक्ष किरण केसीलाई पद हस्तान्तरण गरेका थिए ।
प्रमुख अतिथि नेपाल जेसिज वर्ष–२०२१ का अध्यक्ष अरूनेश्वर खनालले युवाको नेतृत्व र व्यक्तित्व विकास गरी समाजको असल र जिम्मेवार नागरिक बनाउनु नै जेसिजको उद्देश्य रहेको बताए । उनले वर्ष २०२१ मा युवालक्षित गरी रचनात्मक र सिर्जनात्मक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ का पूर्व गभर्नर ध्रुवबहादुर थापा, जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष रवीन्द्र गुरूङ, नेपाल जेसिज क्षेत्र ‘ख’ का उपाध्यक्ष, अधिवेशन निर्देशक नारायण शर्मा, वर्ष २०२० का पोखरा जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटालगायत बोलेको पोखरा जेसिजका उपाध्यक्ष तिलक लामिछानेले जानकारी दिए ।
कार्यक्रममा वर्ष २०२१ का पोखरा जेसिज अध्यक्ष किरण केसीले आगामी ५ वर्षीय कार्ययोजनाको प्रतिबद्धता मन्तव्य व्यक्त गरेका थिए ।
जेसिआई पोखरा अध्यक्ष शिवप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक विनोद भुजेलले स्वागत र सञ्चालन वर्ष २०२१ का महासचिव भाइराज रानाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
डाइनामिक पब्लिक लाइब्रेरी गण्डकी अध्यक्षमा वसन्त गिरी
हरेक स्थानीय तहमा दोभाषे आवश्यक
चितवनका पुस्तक व्यवसायीलाई पाेखरामा स्वागत
मुद्दा छाडेर भाषण नगर्न न्यायाधीशलाई निर्देशन
एबिसी पुग्न अब पिसिआर रिपोर्ट नचाहिने
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७