पोखरा । लोसार पर्व अवसरमा बौद्ध अर्घौ सदन, पोखरा १० मा बुधबार नयाँ कार्यसमितिको पदस्थापन गरिएको छ।
बौद्ध अर्घाै सदनका पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार क्या.मनबहादुर तमुले अध्यक्ष क्या.भुवनसिं तमुलाई शपथ ग्रहण गराए भने अध्यक्ष भुवनसिं तमुले सचिवसहित सदस्यलाई शपथ खुवाए ।
निर्वाचित पदाधिकारीलाई निर्वाचन समिति संयोजक शंकर तमुले प्रमाणपत्र वितरण र बौद्ध अर्घौ सदन गुम्बाका प्रमुख लामा खेन्पो शिर लामा तमुले खादा लगाएर बधाई ज्ञापन गरेका थिए।
संस्थाको अध्यक्षमा क्या.भुनसिं तमु, सचिव मोतिप्रसाद गुरुङ र सदस्य क्या. चन्द्रप्रसाद गुरुङ, विलबहादुर गुरुङ, सु.खिमबहादुर गुरुङ, पञ्चकुमारी गुरुङ, जगनबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, प्रभा गुरुङ, कन्याकुमारी गुरुङ, लक्षिनसुबा गुरुङ छन्।
बौद्ध अर्घौ सदनमा बहुउद्देश्यीय गुम्बा निर्माणाधीन अवस्थामा रहेकाले नयाँ कार्यसमितिलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष क्या.भुवनसिं तमुले संस्था र समुदायको हितका लागि आफ्नो टिम क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे। नयाँ गुम्बाको करिब ८० प्रतिशत कार्य सम्पन्न भएको उनले बताए।
निर्वाचन समिति संयोजक शंकर तमुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन निर्वाचन समिति सदस्य वरिष्ठ अधिवक्ता कृष्णबहादुर तमुले गरेका थिए।
Related News
सम्बन्धित समाचार
विसं २०७८ मा तीन दशैँ
गलेश्वर मन्दिर पित्तलले छाइने
‘एक साँझ शिवका माझ’
विसं २०८० ‘कालिका दर्शन वर्ष’
आज सोनाम ल्होसार, सरकारले दियाे बिदा
hero news full width
मुख्य समाचार
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७