सिटिजन लाइफको शाखा बेनीमा

साधन राम्जाली
पौष ११, २०७७
Citizen insurance

????????????????????????????????????

म्याग्दी । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दीको सदरमुकाम बेनीमा शाखा विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले शनिबार शाखाको उद्घाटन गरे । कम्पनीले २०७५ साउनदेखि बेनीमा कारोबार गर्दै आए पनि शनिबार औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

सिइओ अधिकृत पौडेलले सिटिजन लाइफले जीवन बिमालाई आम नागरिकको पहुँचमा पु¥याउने गरी लागि पर्न आग्रह गरे । उनले भविष्यका लागि बचत र आर्थिक जोखिमको क्षतिलाई राहत दिने भएकाले बिमाप्रति नागरिकको विश्वास र भरोसा बढ्दै गएको बताए ।

गत आवमा कम्पनीको उत्कृष्ट ५ शाखामा पर्न सफल भएको बेनी शाखाको औपचारिक उद्घाटनसँगै सेवाग्राहीलाइ थप सरल र सहज रुपमा बिमा सेवा प्रवाह गर्ने जनाइएको छ । बेनी शाखाले छोटो अबधिमै १ हजार बढी बिमित र ४ सय बढी अभिकर्ता बनाउन सफल भएको शाखा प्रवन्धक भावना पौडेल सुवेदीले जानकारी दिइन् ।

कम्पनीको म्याग्दी शाखाले शनिबार २ जना विमितका परिवारलाई १३ लाख ३९ हजार रुपैयाँ मृत्युदाबी रकम भुक्तानी गरेको छ । बिरामी भई उपचारका क्रममा ज्यान गुमाएकी रघुगंगा गाउँपालिका–३ की बिमित धनकुमारी केसीको परिवारलाई ६ लाख ७१ हजार र दुर्घटनामा परि मृत्यु भएका सोही ठाउँकै भुवन बहादुर खत्रीको परिवारलाई ६ लाख ६८ हजार रकम हस्तान्तरण गरिएको हो ।

केसीका हकवाला पति गोविन्द केसी र खत्रीको आमा रमा खत्रीलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, शाखा प्रवन्धक सुवेदी लगायतले मृत्युदाबि रकमको चेक हस्तान्तरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width