लक्ष्मी ग्रुपको कर्पोरेट डेमा कर्मचारी सम्मान

आदर्श समाज संवाददाता
पौष ७, २०७७
laxmi house

पोखरा । लक्ष्मी ग्रुप स्थापनाको ४७ औं वर्षमा प्रवेश गरेको अवसरमा १४ कर्मचारीहरुलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेमा सुरज शाही, खड्गबहादुर थापा, श्याम मल्ल, हिमलाल पौडेल, लक्ष्मण अधिकारी, रवीन्द्र तिवारी, दामोदर अधिकारी, कवीन्द्र नापीत, केशव भट्टराई, चन्द्रज्योति भट्टराई, पदमबहादुर गुरुङ, प्रकाश पौडेल, पितबहादुर घर्ती र ध्रुव पौडेल छन् ।

संस्थाका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ, निर्देशकहरु चन्द्रबहादुर राजभण्डारी, कृष्णबहादुर श्रेष्ठ, सुविन्द्र श्रेष्ठ, नीरज श्रेष्ठ र सुजल श्रेष्ठले मायाको चिनोसहित सम्मान गरेका हुन् ।

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले नेपालमा शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा योगदान दिन सफल संस्थाको स्थापनादेखि यहाँसम्म ल्याइपुर्‍याउन  सहयोग गर्ने सम्पूर्ण कर्मचारी तथा शुभचिन्तकप्रति आभार ब्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width