सिडेन अध्यक्षमा उमेश थानी विजयी

आदर्श समाज संवाददाता
पौष ५, २०७७
Umesh_Thani_Cden_ew1540ZPS0

पाेखरा । नेपाली कांग्रेसको शुभचिन्तक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को अध्यक्षमा  उमेशप्रसाद थानी निर्वाचित भएका छन् ।

शनिवार भएको निर्वाचनको सातै प्रदेशको मतपरिणाम आइसक्दा कांग्रेसका सभापति देउवा प्यानलका थानी अर्का अध्यक्षका उमेदवार  ध्रुवराज थापा लाई १ सय ५० मतले पछि पार्दै थानी विजयी भएका हुन् ।

सातै प्रदेशको मत परिणाममा थानीले १ हजार २ सय २२ र थापाले १ हजार ७२ मत पाएका छन् ।

सिडेनको निर्वाचन समितिले दिएको जानकारी अनुसार उपाध्यक्षमा  मन्दिप सुवेदी, महासचिवमा रोशन राज गिरी, उपमहासचिवमा  सुमन पुडासैनी र कोषाध्क्षमा  श्याम दाहालले चुनाव जितेका छन् ।

त्यस्तै सदस्यहरुमा सुजित कोइरला, ललिता केसी,  निरज बराल, प्रवेश अधिकारी, प्रपुजा केसी,  सौगात रेग्मी, पुनम पाल, नारायण कुमार घिमिरे, मानवेन्द्र निधि, सुर्दशनकुमार पौडेल,  सुजन पौडेल,  पुरुषोत्तम शर्मा र  हरिस बोहोराले चुनाव जितेका छन् ।

सदस्यहरुमा पुरोषोत्तम शर्मा र  पुनम पालले थानी प्यानलबाट चुनाव जितेका छन् भने बाँकी ११ जना निर्वाचित सदस्यहरु थापा प्यानलका हुन् । त्यस्तै अध्यक्ष थानी बाहेक चार भाइटल पदमा पनि थापा प्यानलका उमेदवारहरु विजयी भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width