झलकमान ब्युँतिएको झल्को

Avatar आदर्श समाज सम्वाददाता
पौष १, २०७७
jhalakman sarangi

पोखरा, १ पुस । लोक सँस्कृति रहे मात्र देश रहने धारण यहाँ एक कार्यक्रममा वक्ताहरुले राखेका छन् ।

झलकमान गन्धर्व राष्ट्रिय सारंगी संरक्षण पाठशाला प्रतिष्ठान पोखराको दोस्रो अधिवेशनको उद्घाटन समारोहका सहभागीले उक्त धारणा व्यक्त गरेका हुन् ।

अधिवेशनको उद्घाटन गर्दै अलिमिया लोक वाङमय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले देश बचाउने हो भने लोक सँस्कृतिको संरक्षण गर्नुपर्ने बताए ।

पहिले तिहारमा गन्धर्व जातिले गाउने गरेको भैलो अहिले सबै जातिले गाउन थालेको बताउँदै उनले सँस्कृति बचाउन गन्धर्वहरुको ठूलो योगदान रहेको उल्लेख गरे ।

प्राज्ञ तथा वरिष्ठ लोकगायक प्रजाप्रति पराजुलीले सारंगी पाठशाला पोखराको गौरव भएको भन्दै आफ्नो साथ र सहयोग रहिरहने बताए ।

नेपाल गन्धर्व विकास समुदायका केन्द्रीय अध्यक्ष सूर्यबहादुर गायकले गन्धर्व जातिका उत्थानको लागि सारंगी पाठशाला पनि एक भउको उल्लेख गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गति प्रतिष्ठान गण्डकी प्रदेशका संयोजक सुरेन्द्र गुरुङले गीत गाउने कलाकारहरु सबै ‘गाइने’ भएको बताउँदै गन्धर्वहरुले आफूलाई सानो जाति नठान्न आग्रह गरे । साथै विदेशी संस्कृतिको हस्तक्षेपले नेपाली लोक बाजाहरु समेत हराउँदै जाँदा यसमा आश्रित कलाकार समेत बेरोजगार बन्दै गएको उनले बताए ।

गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङले पाठशालाका साना भाइबहिनीहरुले सारंगीको धुन बजाउँदा झलकमान ब्युँतिएको झल्को लागेको बताए ।

स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले लोक सँस्कृतिको संरक्षण तथा कलाकारहरुको औषधी उपचारमा सहयोग जुटाउन समेत सञ्चार क्षेत्रले पहल गर्दै आएको भनाइ राखे ।

सारंगी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष धनबहादुर गन्धर्वको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष दिलीप गायकले स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन कोषाध्यक्ष सरिता गायकले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

    • घरबेटीकी छोरी

      सुरेश बडाल सुरेश बडाल फागुन २२, २०७७
      बिजुलीभन्दा तेज गतिमा निकाली डंगुरबाट सानो लुगाको टुक्रा । अनि खितिति हाँस्दै निस्किई मेरो कोठाबाट । ऊ गई मेरो मनमा…
    • रवीन्द्र अधिकारीकाे स्मृति ग्रन्थ सार्वजनिक

      Avatar आदर्श समाज सम्वाददाता फागुन २१, २०७७
      काठमाडौं । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको जीवनवृतान्त समेटिएको पुस्तक ‘स्मृतिमा रवीन्द्र…
    • गैंडाकोटको हर्कपुरमा फाइनप्रिन्ट फिभर

      Avatar आदर्श समाज सम्वाददाता फागुन २०, २०७७
      काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को प्रभावबाट कुनै पनि क्षेत्र अछुतो रहेन । ठुल्ठूला उद्योग, कलकारखानादेखि ससाना खुद्रे पसल, शैक्षिक…
    • ‘चुल्ठो’ : कविताको खडेरीमा राहत

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ फागुन १९, २०७७
      पोखरा, १९ फागुन । कवि, उपन्यासकार सहित्यकार सरस्वती प्रतीक्षाको भनाइ सापटी लिने हो भने, केही समय अगाडिसम्म पोखरामा कविताको खडेरी…
    • पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ

      Avatar आदर्श समाज सम्वाददाता फागुन १९, २०७७
      पोखरा । पोखरा प्रज्ञा प्रष्ठिानका कुलपतिसहित प्राज्ञ सदस्यले सपथ लिएका छन् । पोखरा महानगरको हलमा आयोजित कार्यक्रममा मेयर मानबहादुर जिसीले कलुपति…

    hero news full width

    sanil ads

    wordlink ads