कुँडहर बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले विश्ववन्धु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा शिवबहादुर बराल, सचिवमा सुरेन्द्र विनोद खनाल, कोषाध्यक्षमा शुक्रराज अधिकारी, सहसचिवमा दया बराल छन् ।
यसैगरी, सदस्यमा आनन्दी राणा(कार्की), किशोरकुमार घिमिरे, दुर्गादत्त भुर्तेल, शान्तबहादुर थापा, गौतम थापा, देवकी रायमाझी छन् ।
सभाले राजेन्द्र वाग्लेको संयोजकत्वमा गुरुप्रसाद ज्ञवाली र वीरबहादुर थापा सदस्य रहेको लेखा समिति गठन गरेको छ ।
सभाको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका सदस्य सङ्गीता गौतम तिमिल्सिना, सल्लाहकार निर्मलबहादुर थापा, लेखा समितिका संयोजक राजेन्द्र वाग्ले, कुँडहर समाज सेवा समितिका अध्यक्ष शान्तबहादुर थापा र शेयर सदस्य सुवेदार हर्कबहादुर गुरुङले बोलेका थिए ।
सभाले कार्यवाहक अध्यक्ष विश्वबन्धु थापा र कोषाध्यक्ष गोमाकुमारी थापा रायमाझीको प्रतिवेदन पारित गरेको थियो । यस्तै सो अवसरमा कर्मचारी रेनुका भुजेल र रेनुका कार्कीलाई पुरस्कृत गरिएको थियो । विश्वबन्धु थापाको अध्यक्षतामा सम्पन्न सभामा सदस्य दया बरालको स्वागत र सचिव शिवबहादुर बरालको सञ्चालन रहेको थियो ।
Related News
सम्बन्धित समाचार
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
तरकारी बजारमा माछापुच्छ्रे बैंकको क्युआर सेवा
लेखा परीक्षणका समस्या हटाउन जोड
सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको सहयोग
प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति
hero news full width
मुख्य समाचार
नाइकेको विषयमा कारागार भित्रै झडप
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७