युनाइटेडको साधारणसभा

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७७
United

पोखरा । युनाइटेड नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. को १४ औं साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका सल्लाहकार इ. किसानसिंह गुरुङले उद्घाटन गरेको कार्यक्रममा संस्थाका सल्लाहकार प्राध्यापक राजकुमार गुरुङ, सदस्य बिमला गुरुङ, लेखा समिति सदस्य सुशीलकुमार श्रेष्ठ, राहत कोष उपसमिति संयोजक सीता गुरुङ, व्यवस्थापक पूर्णचन्द्र रेग्मी, कर्जा प्रमुख अविनास मरासिनीले मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका तर्फबाट अध्यक्षको प्रतिवेदन अध्यक्ष पदमबहादुर गरुङ र कोषाध्यक्ष क्या. दानबहादुर गरुङले अनुमानित आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संस्थाको कुल पुँजी १० करोड रहेको उल्लेख छ ।

संस्थाका अध्यक्ष पदमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पूर्णबहादुर गुरुङले स्वागत मन्तब्य र सचिव विकास गुरुङले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width