पोखरा । पोखरा उद्योग वाणिज्य संघले कर्जाको साँवा र ब्याजको लागि तारन्तार ताकेता गर्दै उद्योगी व्यवसायी अनावश्यक मानसिक तनाव हुनेखालका धम्कीपूर्ण व्यवहार तत्काल रोक्न जोडदार माग गरेको छ ।
संघले बिहीबार विज्ञप्ति जारी गर्दै केही बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुले तारन्तार टेलिफोन गर्दै भुक्तानीको ताकेता गर्ने तथा धितो लिलाम एवं कालोसूचिमा नाम निकाल्ने धम्कीसमेत दिने गरेको उल्लेख गर्दै यस्तो कार्य गर्नु दुःखद भएको ठहर गरेको हो ।
संघका कावा अध्यक्ष नारायण कोइरालाद्वारा जारी विज्ञप्तिमा नेपाल राष्ट्र बैंकका गभर्नरबाट पनि पटक–पटक बैंक तथा वित्तीय संस्थाहरुलाई मौद्रिक नीतिमार्फत् घोषित कार्यक्रम लागू गर्न एवं व्यवसायीहरुलाई थप दुःख नदिन भएको आग्रहको बेवास्ता नगर्न भनिएको छ ।
‘संक्रमणको त्रासबीच संकूचनमा परेको उद्योग व्यवसाय जोगाउने कि बैंक तथा वित्तीय संस्थाबाट आउने टेलिफोन उठाउने भन्ने अर्को समस्याले पनि नेपालको निजी क्षेत्र प्रताडित बनेको छ’, विज्ञप्तिमा भनिएको छ,‘ संघ मौद्रिक नीतिमार्फत् घोषित राहतका कार्यक्रमहरु तत्काल कार्यान्वयनमा ल्याउन,कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरणको निर्देशन कार्यान्वयन गराउन नेपाल राष्ट्र बैंकसमक्ष अनुरोध गर्दछ ।’
साथै निजी क्षेत्रले कर्जा तिर्दिन नभनेको उल्लेख गर्दै धम्कीबाट अविचलित रहन र परिस्थितिको जटिलतालाई ख्याल राख्दै सुरक्षित तवरले उद्योग व्यवसाय संचालन गर्न उद्योगी व्यवसायीहरुसँग आग्रह पनि गरेको छ ।
Related News
सम्बन्धित समाचार
सक्षम सहकारीको पदस्थापन
सुन्तलाबाट जुस, बोक्राबाट मेकअप सामग्री
गुरुङ ब्युटिपार्लरपछि चिनुले खाेलिन् सिजी ब्रोज एन्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट
गाउँमै रोजगारी : परिवारमा खुशीयाली
आँखा, हात, खुट्टा, नङको सौन्दर्य निखार्न सिजी ब्रोज एन्ड नेल्स
hero news full width
मुख्य समाचार
घरपरिवारबाटै अपहेलित छन् बहिरा
स्वस्थानी व्रत आजदेखि
माघ १५, २०७७विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
माघ १४, २०७७नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
माघ १४, २०७७तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
माघ १४, २०७७पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
माघ १४, २०७७