बेष्ट फाइनान्सबाट तोयनाथ बाहिरिए

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७७
toyanath

पोखरा । तोयनाथ अधिकारी बेष्ट फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत जिम्मेवारीबाट बाहिरिएका छन् । सेवा अवधि सकिएपछि उनी कात्तिक १७ देखि नै जिम्मेवारीबाट अलग भएका हुन् ।

कुशल बैंकर अधिकारीले बैकिङ क्षेत्रमा करिब २ दशकको अनुभव हासिल गरेका छन् । माछापुच्छ्रे बैंकबाट बैकिङ करियर शुरु गरेका उनी तत्कालीन कास्की फाइनान्सको सिइओ, तत्कालीन कामना विकास बैंकको सिइओ हुँदै बेष्ट फाइनान्स प्रवेश गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका अधिकारीले कानूनमा समेत स्नातक हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width