युवा उद्यमी ओम उपाध्यायले पोखराको न्यूरोडमा दुई नयाँ व्यवसाय सञ्चालनमा ल्याएका छन् ।
उपाध्यायले नगरपालिका अगाडिको सेन्टर प्लाजामा सेन्ट्रर रेष्ट्रो र फेसन वयर सञ्चालन गरेका हुन् ।
लामो समयदेखि पोखराका विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका उपाध्यायले व्यवसाय बिस्तारका क्रममा फेसन वयर र रेष्ट्रोलाई बढाएका हुन् ।
कार्तिक १ गतेदेखि ८ गतेसम्म शुभारम्भ समारोह राखिएका दुई व्यवसायमा पोखराका लब्धप्रतिष्ठित व्यापारी व्यवसायीले अवलोकन गरेका थिए ।
स्वतन्त्र पत्रकार संघ कास्कीका कोषाध्यक्षसमेत रहेका उपाध्यायको उद्यमको अवलोकन गर्दै संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सञ्चारका साथसाथै आत्मनिर्भर हुने अन्य मार्ग अवलम्बन गरेकोमा सफलताको शुभकामना व्यक्त गरे ।
लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनका अध्यक्ष असफल गौतमले पछिल्लो पुस्तालाई लक्षित गरी सञ्चालन गरिएको फेसन वयर सबैको गन्तव्यस्थल बन्ने धारणा राखे ।
व्यवसायको शुभारम्भ समारोहमा टुरिजम होटल म्यानेजमेन्ट कलेजका प्रबन्ध निर्देशक विजय पौडेल, बीजीबीका सञ्चालक सुनिल भट्टराई, व्यवसायी तथा समाजसेवी सूर्यनारायण बराल, शोभित पौडेल, डा सचिन ढकाल, व्यवसायी रुद्रप्रसाद अर्याल, चलचित्रकर्मी घनश्याय लामिछानेलगायतले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरेका थिए ।
उपाध्यायले कोरोनाका कारण अन्य व्यवसाय धरासायी बनेको अवस्थामा लगाउने र खाने अत्यावश्यक वस्तु भएकाले आफू त्यसतर्फ आकर्षित भएको बताए । उनले ब्राण्डेट सामग्रीलाई न्यूनतम रेटमा गाहकलाई दिने गरेको र दशैं अवसरमा १० देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।
रेष्ट्रोका सञ्चालक प्रकाश अर्यालले विषम परिस्थितिमा पनि सेवाग्राहीलाई सर्वसुलभ मूल्यमा सेवा प्रदान गर्ने बताए । उनले न्यूरोड व्यवसायिक क्षेत्र भएकाले तिनै व्यवसायलाई लक्षित गरेर सुपथ र सहुलियत दररेटमा सेवा सञ्चालन गरेको बताए । पारिवारिक वातावरण र नेपालीजन जोगाउने लक्ष्य राखिएको बताउँछन् । रेष्ट्रोमा बेलुका लाइभ म्यूजिकसमेत रहेको उनले जानकारी दिए ।
उपाध्यायका यी व्यवसायका साथै पोखराको लेकसाइडमा केकलेक बेकरी, महेन्द्रपुलमा ओम्स कन्सल्टेन्सी र पोखरा विडीङलगायतका व्यवसाय सञ्चालनमा छन् ।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१