बागलुङ, २७ असोज । दशैँलाई च्याङ्ग्रा लिन यहाँका व्यापारी बर्सेनि हिमालपारिको जिल्ला मुस्ताङ छिर्छन् । हप्तौँ लगाएर च्याङ्ग्रा भित्र्याउँछन् । यसपालि पनि कतिले च्याङ्ग्रा ल्याइसके भने कोही बाटैमा छन् । व्यापारी अम्मरबहादुर क्षत्री र लक्ष्मण खड्का च्याङ्ग्रा लिएर आजै बागलुङ आइपुगेका छन् । ‘१८ गते गएको बल्ल आज आइपुगियो’, क्षत्रीले भने । जोमसोमदेखि दुई दिनको बाटोमा पर्ने चमर भन्ने ठाउँमा पुगेर च्याङ्ग्रा ल्याएको उनको भनाइ छ ।
क्षत्री र लक्ष्मण मिलेर १४५ च्याङ्ग्रा जिल्लामा भित्र्याएको छ । च्याङ्ग्रा लिन यहाँका २० भन्दा बढी व्यापारी मुस्ताङ पुगेको क्षत्रीले बताए । लामो बाटोमा कठिन यात्रा तय गरेर व्यापारीले च्याङ्ग्रा ल्याउँछन् । यसपालि च्याङ्ग्रा कम आएको र भाउ पनि महँगिएको छ । कोभिड–१९ कारण तिब्बतका व्यापारीले च्याङ्ग्रा मुस्ताङ ल्याएका छैनन् । स्थानीय च्याङ्ग्रा मात्र बजारमा आएको छ । मुस्ताङमा पालिने च्याङ्ग्राले माग नधान्ने हुँदा ठूलो संख्यामा च्याङ्ग्रा तिब्बतबाट भित्रने गथ्र्यो ।
‘दशैँका बेला ३५/४० हजारसम्म च्याङ्ग्रा मुस्ताङबाट बाहिरिन्थ्यो, अहिले ८/१० हजार मात्र आउँदैछ’, क्षत्रीले भने । उनका अनुसार च्याङ्ग्राको भाउ पनि झण्डै पाँच हजारले बढेको छ । रोज्जा च्याङ्ग्राको मूल्य ३४ देखि ३५ हजारसम्म पुगेको छ ।
गत वर्ष रु २९ हजारमा बिक्री भएको थियो । मासु प्रतिकिलो रु १४ सय पुगेको थियो । खरिदमै मूल्य बढी परेको व्यापारीको भनाई छ । किसानको गोठबाट रु २७ हजार ५०० मा च्याङ्ग्रा उठाएको क्षत्रीले बताए । च्याङ्ग्रा कम हुनु, बढ्दो करजस्ता कारणले पनि च्याङ्ग्रा महगिँदै गएको छ । व्यापारीको आउजाउमा पनि बढी खर्च हुन्छ । स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यापारीको गुनासो छ ।
तीन वर्षमा १० हजारभन्दा बढीले च्याङ्ग्राको भाउ बढेको अर्का व्यापारी महेन्द्र केसीले बताए । केसीले पनि पाँच वर्षदेखि च्याङ्ग्राको कारोवार गर्दै आएका छन् । महँगो परेपनि दशैँका बेला च्याङ्ग्राको मासु उपभोक्ताको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । केसीको मासु पसलसमेत छ ।
च्याङ्ग्राको व्यापारबाट पहिलेपहिले जस्तो कमाइ हुन छाडेको व्यापारी बताउँछन् । एउटा च्याङ्ग्रामा एक÷दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् । बागलुङमा बर्सेनि झण्डै दुई हजार च्याङ्ग्रा भित्रिन्छ । यो वर्ष भने त्यो संख्या घट्ने भएको छ ।
हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ । उपभोक्ताले दशैँमा च्याङ्ग्राको मासु खोजीखोजी उपभोग गर्छन् । मुस्ताङबाट झारिने च्याङ्ग्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै काठमाडौँसम्म पु¥याइन्छ ।
राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले व्यापारीले उपभोक्ताको माग पूरा गर्न दुःख–सुख गरेर दशैँमा च्याङ्ग्रा ल्याउने गरेको बताए । ‘हिमाली जिल्ला पुगेर ल्याउनुपर्छ, खर्च बढी हुन्छ’, उनले भने, ‘महँगो त छ, फेरि व्यापारीले पनि अलिअलि नाफा निकाल्नुप¥र्यो ।’
Related News
सम्बन्धित समाचार
सक्षम सहकारीको पदस्थापन
सुन्तलाबाट जुस, बोक्राबाट मेकअप सामग्री
गुरुङ ब्युटिपार्लरपछि चिनुले खाेलिन् सिजी ब्रोज एन्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट
गाउँमै रोजगारी : परिवारमा खुशीयाली
आँखा, हात, खुट्टा, नङको सौन्दर्य निखार्न सिजी ब्रोज एन्ड नेल्स
hero news full width
मुख्य समाचार
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
माघ १४, २०७७तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
माघ १४, २०७७पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
माघ १४, २०७७बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने
माघ १४, २०७७गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
माघ १४, २०७७