तनहुँ । रोटरी क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२९३ नेपाल भुटान रिजन ४ ले तनहुँको व्यास नगरपालिकालाई पीसीआर मेसिन सहयोग गरेको छ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मेशिन नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । कोरोनाको परीक्षणमा सघाउने उद्देश्यले मेसिन हस्तान्तरण गरिएको अध्यक्ष तीर्थमान शाक्यले जानकारी दिए । मेसिन हस्तान्तरण पछि प्रदेश प्रमुख शेरचनले रोटरी नेपालको सुखदुखमा साथै रहेको बताए । सोही अवसरमा विभिन्न विद्यालयलाई रिजन ४ अन्तर्गतका १२ रोटरी क्लबले विद्युतीय सिकाइ सहयोगी सामग्री हस्तान्तरण समेत गरिएको थियो । शेरचनले साक्षरता वृद्धिका लागि रोटरीले थालेको प्रयास सह्रानीय रहेको भन्दै थप योगदानका लागि अपिल गरे ।
‘नेपालमा साक्षरता बढाउन रोटरीले ठूलो गुन लगाएको छ । अब व्यवसायिक शिक्षाका लागि थप साथको आवश्यक्ता छ,’ उनले भने, ‘महामारीका कारण भौतिक उपस्थिति हुन नसक्ने अहिलेको अवस्थामा विद्युतीय सिकाइ आम बालबालिकाहरूका लागि उपयोगी हुन्छ । अब सिकाईसँगै उत्पादनमुखी शिक्षामा साथ दिनुस् ।’
भर्चुअल माध्यमबाट सहभागी भएका रोटरी क्लब इन्टरनेशनलका इलेक्ट. प्रेसिडेन्ट शेखर मेहताले निरक्षरता उन्मूलनका लागि नेपालले धेरै काम गर्न सक्ने भन्दै त्यसमा रोटरी अन्तर्राष्ट्रियले सहयोग गर्ने प्रतिवद्धता जनाए । रोटरी क्लब इन्टरनेशनल ३२९२ रिजन ४ का अध्यक्ष किरणलाल श्रेष्ठले सन् २०३० सम्म नेपाललाई पूर्ण साक्षर बनाउने अभियानमा रोटरी क्लबले विभिन्न विद्यालयहरूसँग सहकार्य गरिरहेको जानकारी दिए । रिजन ४ अन्तर्गत हाल ३६ विद्यालयसँग रोटरी क्लबले विद्युतीय सिकाइका लागि सहकार्य गरेको छ ।
Related News
सम्बन्धित समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
संरक्षण आमा समूहद्वारा सम्मान
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१