Worldlink ads

व्यवसाय जीवनरक्षा कोष तत्काल प्रयोगमा ल्याउन व्यवसायीको माग

Avatar आदर्श समाज सम्वाददाता
असाेज २०, २०७७
pcc

पोखरा । पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवनरक्षा कोष तत्काल प्रयोगमा ल्याउनुपर्ने माग गरेको छ । साथै सरकारले आर्थिक वर्ष २०७७÷०७८ को मौद्रिक नीतिमार्फत् घोषणा भएको राहत प्याकेज वास्तविक पीडित व्यवसायीले पाउनुपर्नेमा पनि जोड दिएको छ।

संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दामु अधिकारीले प्रदेश सरकारले घोषणा गरेको कोषबाट राहत पाउने आशामा रहेका व्यवसायीहरु कार्यविधि नै नबन्दा निराश बनेको गुनासो गरे ।

उनले भने, ‘मृत्युपछि ओखतीको काम हुँदैन । कोष तत्काल कार्यान्वयनमा आउनुपर्ने संघको माग रहेको छ ।’

उनले ढलेका व्यवसाय उठाउन राज्यबाट सहयोगको टेकोे दिइयोस् भन्ने निजी क्षेत्रको माग रहेको बताउँदै नेपाल सरकारले आर्थिक वर्ष २०७७÷०७८ को मौदिक नीतिमार्फत् घोषणा भएको राहत प्याकेजहरु वास्तविक पीडित व्यवसायीले पाउनुपर्नेमा जोड दिए ।

लकडाउन र निषेधाज्ञा त खुले पनि उद्योग व्यवसायले गति लिन नसकेको उनको भनाइ थियो । अध्यक्ष अधिकारीले कोभिड–१९ ले सृजना गरेको विषतमताकै बीच कतिपय व्यवसायीहरु पलायन भएका तथा धेरैजसो व्यवसायीहरु बैंकबाट लिएको कर्जाको साँवा र ब्याज कसरी बुझाउने भन्ने तनावमा भएको बताए ।

यसैबीच, संघले गत वर्ष आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट १२ लाख ४२ हजार बचत हुने अनुमान गरेको छ ।

अध्यक्ष दामु अधिकारीका अनुसारले संघले प्रवेश टिकटबाट १५ लाख ३१ हजार तथा विभिन्न शीर्षकमा भएका प्रायोजक लगायतका स्रोतबाट ८२ लाख ९२ हजार गरी ९८ लाख २३ हजार आम्दानी गरेको थियो । सबै खर्च कटाउँदा बचत रकम कम भएको उनले बताए ।

संघले बचतको लागि मेला आयोजना नगरेको प्रष्ट पार्दै अध्यक्ष अधिकारीले उद्यमशीलता विकास तथा उपभोक्ता र उत्पादकलाई एउटै थलोमा भेट गराउनु मेलाको उद्देश्य भएको जिकिर गरे । उनले कोरोनाका कारण आम्दानीका हिस्सा अझै संघको खातामा नआएको जनाउँदै भुक्तानी पनि फरफारक हुन नसकेको प्रष्ट पारे ।

संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले मेला र महोत्सवको प्रवर्तक संघले कोरोना कहर सकिनासाथ मेलाको आयोजना गर्ने जानकारी दिए ।

महासचिव अर्जुन पोखरेलले लामो इतिहास बोकेको पोखरा उद्योग वाणिज्य संघ व्यवसायीको हकहितको अलावा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको स्मरण गरे ।

संघले २०७६ पुस १८ देखि २८ गतेसम्म समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६ आयोजना गरेको थियो । मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेला समिति सभापति दिलसुन्दर श्रेष्ठको संयोजकत्वमा ४ सय ५१ सदस्यीय मेला मूल आयोजक समिति तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्षतामा अध्यक्षतामा कार्य सम्पादन समिति गठन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

    • बिजुली नहुँदा मालिका अन्धकार

      Avatar आदर्श समाज सम्वाददाता माघ १०, २०७७
      म्याग्दी, १० पुस ।  विद्युतगृहको जेनेरेटर बिग्रिएपछि मालिका–४, च्यूरीबोटमा सोमबारदेखि विद्युत सेवा बन्द भएको छ । च्युरिबोटस्थित दाजुङ खोला लघुजलविद्युत…
    • पोउवा संघ टोलीलाई औद्यागिक क्षेत्रमा स्वागत

      Avatar आदर्श समाज सम्वाददाता माघ ८, २०७७
      पोखरा । पोखराको औद्योगिक विकासमा निजी क्षेत्रको समान धारणा हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले सहमति जनाएका छन् । पोखरा उद्योग वाणिज्य…
    • कृषि विकास बैंकको वार्षिकोत्सव

      Avatar आदर्श समाज सम्वाददाता माघ ७, २०७७
      पोखरा । कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सव अवसरमा बैंकको गण्डकी प्रदेश कार्यालय पोखराले नयाँबजारमा वार्षिकोत्सव समारोह आयोजना गरेको छ ।…
    • युवा उद्यमी मञ्चको सहयोग

      Avatar आदर्श समाज सम्वाददाता माघ ७, २०७७
      पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराले आमा एग्रो प्रोडक्ट प्रालिलाई उद्यमशीलता प्रवद्र्धनका लागि २ लाख रुपैयाँ सहयोग गरेको…
    • गण्डकीमा सुरु भयो व्यवसाय जीवन रक्षा कोष, पर्यटन व्यवसायीद्वारा स्वागत

      Avatar आदर्श समाज सम्वाददाता माघ ७, २०७७
      पोखरा । गण्डकी प्रदेश सरकारले मंगलबार शुभारम्भ गरेको व्यवसाय जीवन रक्षा कोषको पोखरा पर्यटन परिषद्ले स्वागत गरेको छ । परिषद्का…

    hero news full width

    sanil ads

    wordlink ads